मंसिर २३। शेयर बजार परिसूचक नेप्से मङ्गलबार ९ अङ्कभन्दा धेरैले घटेको छ । जलविद्युत् र म्युचल फण्डबाहेक सबै समूहको शेयर ओरालो लागेपछि नेप्से ९ दशमलव शून्य ४ अङ्कले घटेर १९ सय ९५ दशमलव ३५ विन्दुमा झरेको छ ।
मङ्गलबार निर्जीवन बीमा समूहको शेयर १ सय ३१ अङ्कले, जीवन बीमा समूहको शेयर १ सय २० अङ्कले, विकास बैंकको ३१, व्यापारको ८६ र बंैकिङ समूहको शेयर ७ अङ्कभन्दा धेरैले घटेको छ ।
मङ्गलबार दुई सय दुई कम्पनीका एक करोड २५ लाख ६६ हजार कित्ता शेयर पाँच अर्ब ७१ करोड ९४ लाख रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै पुनर्बीमा कम्पनीको ४६ करोड ७६ लाख रुपैयाँको कारोबार भएको छ ।
मङ्गलबार नारायण विकास बैंकका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । युनिलिभर कम्पनीका लगानीकर्ताले ६ प्रतिशतभन्दा धेरै गुमाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय