BREAKING
बलात्कार आरोपी सन्दीपलाई धरौटीमा छाड्ने आदेशको कागजात झिकाउन सर्वोच्चको आदेश | शेयर बजारको ओरालो यात्रा अझै जारी रहने आङ्कलन | सञ्चारमाध्यमलाई उद्योगको मान्यता दिन प्रधानमन्त्रीसमक्ष आग्रह | निर्णय गर्न बाँकी छ, रास्वपाले धैर्य गर्नुपर्छ : महरा | रास्वपा तत्काल सरकारबाट नबाहिरिने | दिर्घरोगीलाई मासिक ५ हजार दिने सरकारको निर्णय अझै भएन कार्यान्वयन | ‘रास्वपालाई गृहमन्त्री दिन पूर्णपाठ चाहिँदैन' | नारायणीको बहाव कम भएपछि निकुञ्जको सुरक्षामा चुनौती | प्रचण्ड र ओली छुट्टाछुट्टै लागे सत्ता समीकरणको खेलमा, रविलाई च्याप्ने र फाल्ने अभियानको थालनी | काँग्रेस छिट्टै सरकारमा पुग्छ: प्रवक्ता डा महत |

मंसिर २२ । चितवनको सौराहामा रहेको राष्ट्रिय प्राकृतिक संरक्षण कोषमा हुर्किएको गैँडाको बच्चालाई जङ्गल पठाउने तयारी गरिएको छ ।
एक वर्ष पहिले चितवन राष्ट्रिय निकुञ्जको अमलटारी क्षेत्रमा अलपत्र परेको त्यस गैँडाको बच्चालाई उद्धार गरी हुकाईएको हो । पुष्पा नाम गरेकी गैँडाको बच्चालाई भैँसीको दूध खुवाएर हुर्काइएको हो । अहिले घाँस खान सक्ने भएसँगै जङ्गलमा लगेर छाड्ने तयारी गरिएको छ ।
गैँडाको बच्चालाई लालबहादुर महतराले हुर्काउनुभएको हो । सानैदेखि रेखदेख गर्दै आएकाले पुष्पालाई छाडनुपर्ने दिन नजिकिँदै गर्दा महतरा भने दुःखी देखिनुहुन्छ । आफ्नो बच्चालाई जस्तै माया दिएर हुर्काएकोले जङ्गलमा छाडे पनि रेखदेख गर्न पुग्ने महतराले बताउनुभयो ।
पुष्पाले जन्मेदेखि नै जङ्गलको अनुभव गर्न पाएकी छैन । भैँसीको दूध खाएर हुर्केकी पुष्पालाई सुरुमै खुला जङ्गलमा नभइ अर्नाका लागि बनाइएको खुला खोरमा छोड्ने तयारी गरिएको छ । तत्कालै जङ्गल लगेर छाड्दा अन्य जनावरको डर हुने भएकोले पहिला निकुञ्जभित्रको अर्नाका लागि तयार पारिएको ‘इन्क्लोजर’ तारबार गरी निश्चित क्षेत्र छुट्टाइएको ठाउँमा लगेर राखिने र जङ्गलकै प्रकृतिमा रमाउन सक्ने भएपछि खुला जङ्गलमा छाडिने राष्ट्रिय प्राकृतिक संरक्षण कोषका प्रमुख डा। बाबुराम लामिछानेले बताउनुभयो ।
राष्ट्रिय प्राकृतिक संरक्षण कोषले पुष्पासहित अहिलेसम्म २५ वटा टुहुरा गैँडाको बच्चा हुर्काएको छ । पुष्पालाई भेटेरिनरी डाक्टर, वन्यजन्तु प्राविधिकसहितको सहयोगमा हुर्काइएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय