BREAKING
बलात्कार आरोपी सन्दीपलाई धरौटीमा छाड्ने आदेशको कागजात झिकाउन सर्वोच्चको आदेश | शेयर बजारको ओरालो यात्रा अझै जारी रहने आङ्कलन | सञ्चारमाध्यमलाई उद्योगको मान्यता दिन प्रधानमन्त्रीसमक्ष आग्रह | निर्णय गर्न बाँकी छ, रास्वपाले धैर्य गर्नुपर्छ : महरा | रास्वपा तत्काल सरकारबाट नबाहिरिने | दिर्घरोगीलाई मासिक ५ हजार दिने सरकारको निर्णय अझै भएन कार्यान्वयन | ‘रास्वपालाई गृहमन्त्री दिन पूर्णपाठ चाहिँदैन' | नारायणीको बहाव कम भएपछि निकुञ्जको सुरक्षामा चुनौती | प्रचण्ड र ओली छुट्टाछुट्टै लागे सत्ता समीकरणको खेलमा, रविलाई च्याप्ने र फाल्ने अभियानको थालनी | काँग्रेस छिट्टै सरकारमा पुग्छ: प्रवक्ता डा महत |

संगठन प्रमुख प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आम नागरिकले परिष्कृत तथा जनमैत्री प्रहरी सेवा प्रवाहको महशुस गर्न नसकेसम्म प्रहरी सेवा प्रवाह र स्वयं प्रहरी कर्मचारीको औचित्य पुष्टि हुन नसक्ने बताउनुभएको छ ।
गण्डकी प्रदेश अन्तर्गतका जिल्लाहरु निरीक्षणका क्रममा यही मंसीर २० गते पोखरा आईपुग्नु भएका महानिरीक्षक थापा क्षेत्रीले मंसिर-२१ गते जिल्ला प्रहरी कार्यालय म्याग्दी, बाग्लुङ र पर्वतको निरीक्षण पश्चात प्रहरी कर्मचारीहरुलाई निर्देशन गर्ने क्रममा यस्तो बताउनुभएको हो ।
समयको परिवर्तनसँगै आम नागरिकमा प्रहरी प्रतिको बढ्दो अपेक्षा एवं विश्वासलाई बरकरार राख्न स्वयं प्रहरी कर्मचारीहरुले आफूलाई कार्यदक्षता एवं कुशलताले भरिपूर्ण प्रहरी कर्मचारीका रुपमा कार्यक्षेत्रमा समर्पीत गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ ।
साथै प्रहरी कर्मचारिहरुको मनौवैज्ञानिक अवस्था बारे बोल्दै उहाँले तनाव ग्रस्त प्रहरी कर्मचारीहरुको सेवाले आम नागरिक र प्रहरी बिचको सम्बन्ध सुमधुर हुन नसक्ने भएकाले प्रहरी कर्मचारीले तनाव व्यस्थापनका लागि अपनाउनुपर्ने विधि, आफ्नो घरपरीवारसंगको सम्बन्ध एवं प्राथमिकता लगायतका विषयमा समेत उहाँले सहजिकरण गर्नुभएको हो ।
प्रहरी कार्यलयहरुबाट सम्पादन भईरहेका गतिविधीहरुको निरीक्षण एवं अवलोकन गरी प्रहरी सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उदेश्यले प्रहरी महानिरीक्षकज्यूबाट भएको उक्त कार्यक्रममा गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा आफ्नो धन्यवाद मन्तव्य राख्नुहुँदै गण्डकी प्रदेश प्रहरी प्रमुख अर्यालले संगठन प्रमुखज्यूबाट भएका निर्देशनहरुलाई अक्षरंश पालना गरी प्रदेश अन्तर्गतको शान्ति, सुरक्षा र अमनचयनका लागि प्रहरी उच्च मनोवलका साथ परिचालन हुने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
निरीक्षणका क्रममा जिल्ला प्रहरी कार्यालय पर्वत, म्याग्दी र बाग्लुङका प्रहरी प्रमुखहरुले प्रहरी महानिरीक्षक क्षेत्रीलाई जिल्लाको वर्तमान शान्ति सुरक्षाको अवस्था, अपराध अनुसन्धान, प्रहरी परिचालन एवं जनशक्ती व्यवस्थापन लगायतका विविधि विषयमा जानकारी समेत गराउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय