काठमाडौं । प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटी लिगको शीर्ष चारमा उक्लिएको छ । शनिबार राति भएको खेलमा सिटीले फुलहमलाई २–० गोल अन्तरले हराउँदै शीर्ष चारमा पुगेको हो ।

घरेलु मैदानमा भएको खेलमा सिटीलाई जित दिलाउन रहिम स्ट्रलिङ र केभिन डी ब्रुइनाले एक–एक गोल गरे । सिटीले दुबै गोल पहिलो हाफमा गरेको हो ।

खेलको पाँचौ मिनेटमा स्ट्रलिङले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । २६ औं मिनेटमा डी ब्रुइनाले गोल गर्दै घरेलु टोलीलाई २–० गोलको जित दिलाए ।

जितसँगै सिटीले शीर्ष चारमा आफूलाई स्थापित गरेको छ । लिगका सुरुआती खेलमा खराव प्रदर्शन गरिरहेको सिटीले पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्दै आइरहेको छ ।

लिगको चौथो स्थानमा रहेको सिटीले १० खेलबाट १८ अंक जोडेको छ । पराजित फुलहम ७ अंकसहित तालिकाको १७ औं स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय