काठमाडौं । हुम्लामा बोलेरो जीप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । बिरामी बोकेको लु २ च २१०२ नम्बरको जीप डाँडाफयामा दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।
दुर्घटनामा ज्यान गुमाउने सनाखत हुन सकेको छैन । घाइतेको हुम्ला जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
हेप्काखोलाबाट बिरामी लिएर सिमकोट फर्किने क्रममा डाँडाफयामा गएराति ११ बजे जीप दुर्घटना भएको प्रहरीले जनाएको छ ।