BREAKING
तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न पाँच जना पक्राउ | मन्त्री जेएन थपलियाले भने: बागमती प्रदेश सभा बैठकमा बोलेर हामी सरकारबाट बाहिरिन्छौं | वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री दाहाल | दुई हजारले घट्यो सुनको मूल्य | चितवन उपनिर्वाचनअघि राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने नजानेमा अन्योलमा | प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा पक्राउ | यस वर्ष आँपको उत्पादन बढ्ने | राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? | वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु | दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु |

काठमाडौं, १७ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कारबाहीको चेतावनी दिए ।

‘तपाईंले प्रस्ताव फिर्ता लिने कि कारबाही भोग्ने ?’ ओलीको प्रचण्डमाथि आक्रोशयुक्त भनाई उदृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘ओली जङ्गबहादुरको शैलीमा प्रस्तुत हुनुभयो ।’ ओलीले प्रचण्डलाई कारबाहीको चेतावनी दिएपछि प्रचण्डले धम्की नदिन भनेका थिए । त्यसपछि बैठकमा दुवै नेताबीच चर्काचर्की भएको थियो ।
बैठकमा प्रचण्डले बोल्दाबोलदै ओलीले जे मन लाग्यो त्यही बोल्न पाइन्छ ? भनी प्रश्न गरेका थिए । निकै आक्रोशित ओलीले प्रचण्डको प्रस्तावलाई छलफलका लागि योग्य र लायक नभएकाले अस्वीकृत गर्नुपर्ने प्रस्ताव राखे । तर, त्यसमा बहुमत सचिवालय सदस्य सहमत भएनन् ।

मन्तव्य दिंदादिदै ओलीले रोक्न खोजेपछि प्रचण्डले प्रश्न गरे, ‘तपाईं को हो ? मैंले ल्याएको प्रस्ताव फिर्ता हुँदैन, छलफल हुँदैन भन्ने ?’ त्यसपछि दुवै अध्यक्षबीच भनाभन भयो । अन्य सचिवालय सदस्यहरुले बोलेर साम्य पार्नुपरेको थियो ।

पार्टीभित्र सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीसम्म ओली अल्पमतमा परेपनि टसमस भएका छैनन् । उनलाई सत्ताच्युत गर्ने विरोधीको प्रयास पनि सफल हुन सकेको छैन । प्रधानमन्त्री भइसकेका तीन नेता र उपप्रधानमन्त्री भइसकेका दुई नेताको मोर्चा बन्दा पनि ओली बलियै छन् । उनले उल्टै कारबाहीको चेतावनी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय