BREAKING
तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न पाँच जना पक्राउ | मन्त्री जेएन थपलियाले भने: बागमती प्रदेश सभा बैठकमा बोलेर हामी सरकारबाट बाहिरिन्छौं | वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री दाहाल | दुई हजारले घट्यो सुनको मूल्य | चितवन उपनिर्वाचनअघि राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने नजानेमा अन्योलमा | प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा पक्राउ | यस वर्ष आँपको उत्पादन बढ्ने | राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? | वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु | दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु |

काठमाडौं । १६ मंसिर । शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सडक मानवमुक्त शहर निर्माणका लागि सरकारले काम गरिरहेको बताउनुभएको छ ।
सोमबार गुरु नानक जयन्तिका अवसरमा काठमाडौंको बालाजु म्हेपीमा आयोजित कार्यक्रममा मन्त्री मानन्धरले सरकारले सडकमा अलपत्र अवस्थामा रहेकाहरुको व्यवस्थापनका लागि काम गरिरहेको बताउनुभएको हो । मानवताका लागि र मानव सभ्यताको विकासका गुरु नानकले देखाएको मार्गदर्शन अवलम्वन गर्न सक्नुपर्नेमा मन्त्री मानन्धरको जोड छ । राजधानी काठमाडौं उपत्यकासहित देशभरका शहरी क्षेत्रमा सडकमै जीवन विताइरहेकाहरुको उचित व्यवस्थापनका लागि मानव सेवा आश्रम निर्माणलाई तिब्रता दिइने मन्त्री मानन्धरले बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणा अनुरुप सडक मानव मुक्त अभियानलाई तिब्रता दिइएको बताउँदै मन्त्री मानन्धरले काठमाडौंमा उद्दार गरिएकाहरुलाई व्यवस्थित रुपमा बसोबास गराउनका लागि आश्रम निर्माण थालिने बताउनुभयो ।
मन्त्री मानन्धरले सडकमा अलपत्र अवस्थामा रहेकाहरुको जीवन रक्षा र जिवीकोपार्जनसहित आगामी दिन सहज बनाउने दायीत्व राज्यको भएकाले सरकारले उनीहरुको उचित व्यवस्थापन गर्ने बताउनुभयो ।
सरकारले काठमाडौंको तारकेश्वर नगरपालिकाको तीनपिप्ले नजिकै पाँचमानेमा आश्रम निर्माणका लागि जग्गा उपलब्ध गराउन लागेको जानकारी दिंदै मन्त्री मानन्धरले व्यवस्थीत रुपमा आश्रम निर्माण हुने दाबी गर्नुभयो ।
प्रस्तावित निर्माण स्थलको आइतबार मात्रै प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्यसहित मन्त्री मानन्धरको टोलीले अवलोकन गरेको थियो ।
मन्त्री मानन्धरले अभिभावकबिहीन नागरिकको अभिभावकका रुपमा सरकार रहेको बताउनुभयो । मन्त्री मानन्धरले प्रधानमन्त्री ओलीको बिशेष चासो र निर्देशन बमोजिम सडक मानवमुक्त अभियान सञ्चालन भइरहेको बताउँदै उद्दार गरिएकाहरुलाई व्यवस्थित बसोबासको प्रवन्ध हुने बताउनुभयो । बेसहारा र अलपत्र नागरिकको जिम्मेवारी राज्यले लिने बताउँदै मन्त्री मानन्धरले कसैले पनि बेसहारा भएको र एक्लो परेको महशुस हुन नदिइने बताउनुभयो । प्रधानमन्त्री ओलीको विशेष चासोका रुपमा रहेको सडक मानव मुक्त अभियानलाई सफल बनाउन सबैले साथ दिनुपर्नेमा मन्त्री मानन्धरको जोड थियो ।
मन्त्री मानन्धरले समृद्ध नेपाल सुखी नेपालीको नारा व्यावहारमा उतार्न बर्तमान सरकार क्रियाशील रहेको बताउँदै नागरिकको जीवनस्तर उकास्ने काम भइरहेको बताउनुभयो । समृद्धि हासिल गर्नका लागि थप मेहनतको आवश्यकता परेको बताउँदै कोरोना महामारीबीच पनि सरकारले विकास आयोजनाहरुलाई तिब्रता दिइरहेको बताउनुभयो ।
शहरी क्षेत्रलाई व्यवस्थित बनाउनका लागि सरकारले गुरुयोजनासहित काम गरिरहेको बताउँदै देशभरका शहरउन्मुख क्षेत्रहरुमा आवश्यक प्राविधिसहित व्यवस्थित शहरिकरण गरिने बताउनुभयो ।
पार्टी भित्रको आन्तरिक विवाद केही समयमै समाधान हुने बताउँदै मन्त्री मानन्धरले सरकारलाई थप बलियो बनाउनेगरी छलफल अघि बढ्ने बताउनुभयो। स्थिर सरकार र दिगो विकासका लागि जनताले नेकपालाई जिम्मेवारी दिएको बताउँदै प्रधानमन्त्री ओलीकै नेतृत्वमा समृद्धि हासिल हुने दाबी समेत गर्नुभयो । मन्त्री मानन्धरले ठुला पूर्वाधारका आयोजनाहरु र समृद्धिको आधारका रुपमा रहेका गौरवका आयोजनाहरुको काम धमाधम भइरहेकाले केही समयमै परिणाम देखिने दाबी गर्नुभयो ।

image.png

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय