काठमाडौं । वेदेशिक रोजगार कार्यालय ताहाचलले श्रम स्वीकृति लिएर मात्र टिकट काट्न आग्रह गरेको छ ।
कार्यालयले श्रम स्वीकृति नलिइ टिकट आदि ब्यवस्था नगर्न र त्यसरी टिकट लिई श्रम स्वीकृति हुन नसकेमा कार्यालय जवाफदेही नहुने एक सूचना जारी गर्दै जनाएको हो ।
कार्यालयले आइतबारदेखि दैनिक ३ सयको मात्र टोकन काट्ने भएको छ । नवीकरण तर्फ सेवाग्राहीको माग एवम् चापलाई ध्यानमा राखी दैनिक टोकन सिस्टम सुरु गरेको एक सुचना जारी गर्दै जनाएको हो ।
रोजगार कार्यालयले भनेको छ, “सेवाग्राहीबाट आज मेरो टिकट छ भनी टोकन अगाडि सार्न अनुरोध गर्ने गरिएकोमा उहाँहरुलाई मर्का नपरोस् भन्नाका लागि सम्बन्धित शाखा एवम् वैदेशिक रोजगार विभागसँग समन्वय गरी टिकट, पीसीआर रिपोर्ट देखाउन लगाइ र भिसा समाप्त हुनेका हकमा सो हेरी राखी जारी टोकन एक दिन पूर्व वा भोलिपल्ट बिदा भए अर्को दिन ११ बजेसम्मको भए अघिल्लो दिन पारदर्शी रुपमा सारिदिने गरिएकोमा यस सम्बन्धमा कार्यालयको कार्य सम्पादनमा प्रश्न उठन जाने अवस्था रहेको छ ।”