काठमाडौं । स्थिभ स्मिथको शतकको सहयोगमा घरेलु टोली अष्ट्रेलियाले भारतविरुद्धको दोस्रो एकदिवसीयमा रनको फराकिलो लक्ष्य प्रस्तुत गरेको छ । सिड्नी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३८९ रन बनाएको हो । भारतलाई जितका लागि ३९० आवश्यक पर्नेछ ।
अष्ट्रेलियाका लागि स्थिभ स्मिथले शतकीय पारी खेले । ६४ बल खेलेका उनले १४ चौका र २ छक्काको सहयोगमा १०४ रनको योगदान गरे । पहिलो म्याचमा समेत स्मिथले १०५ रन बनाएका थिए । त्यस्तै डेविड वार्नरले ८३,कप्तान एरोन फिन्चले ६०, मर्नुस लाबुशेनले ७० र ग्लेन म्यास्कवेलले २९ बबलमा ६३ रन बनाए । उनले २५ बलमा अर्धशतक पुरा गरे ।
३ म्याचको एकदिवसीय श्रृङ्खलाको पहिलो खेलमा भारत पराजित भएको थियो । श्रृङ्खलालाई हारबाट जोगाउन भाारतलाई आज जित्नैपर्ने दबाब छ ।