पूर्वराजा ज्ञानेन्द्र शाहले सत्ता स्वार्थले प्रेरित गठबन्धन हुनु देशका लागि दुर्भाग्य भएको बताएका छन् ।

भिडियो सन्देश मार्फत दशैँको शुभकामना दिँदै पूर्वराजा शाहले सत्ता स्वार्थले प्रेरित गठबन्धन हुनु देशका लागि दुर्भाग्य भएको जिकिर गरेका हुन् । उनले न्यायपालिका, कार्यपालिका भित्रको विवादले व्यवस्था नै सोच्ने अवस्था आएको उल्लेख गरे ।

शाहले मुलुक देशी विदेशीको क्रिडास्थल बन्दै गएकोमा चिन्ता व्यक्त गरेका छन्। भ्रष्टाचारले शासक पथभ्रष्ट हुँदै गएको उनको टिप्पणी छ । आस्था सिद्धान्त भन्दा बाहिर रहेर स्वार्थमा लिप्त भएको आरोप लगाएका छन्।

सत्ता स्वार्थ र भागबण्डा गरेर राजनीति केन्द्रित हुँदै गएपछि देश र जनताको हालत बिग्रिएको उनको दाबी छ । कार्यापालिका र न्यायपालिकामा पनि विकृत्ति बढेको कारणले जनताको उत्साह नभएको उनले सुनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय