नेपाली कांग्रेसको संस्थापन र इतर पक्षबीच निर्णायक छलफल भइरहेको छ । संस्थापनले समानुपातिकमा एकलौटी गरेपछि आक्रोशित बनेको कोइराला पक्ष समान न्यायका लागि आन्दोलित रहेको छ ।

यदि न्याय नपाए आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनसमेत वहिस्कार गर्नेसम्मको कठोर नीति लिन सक्ने बताउँदै नेतृत्वलाई न्यायका लागि दबाब दिएसँगै संस्थापन केही लचिलो देखिएको छ ।

विभिन्न चरणमा वार्ताहरु भइरहेका छन् । यसलाई निचोडमा पुर्याएर प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकतर्फको बन्दसूचीमा न्याय गर्नका लागि देउवा लचिलो देखिएको पाइएको छ ।

यदि यसमा देउवा पक्ष लचिलो भए आगामी यात्रा सहज हुने र कांग्रेस थप मजबुद हुनेसमेत दाबी गरिएको छ ।

गत सातादेखि कोइराला पक्षले न्यायका लागि पहल गर्ने र सम्भव नभए विद्रोह गर्ने भन्दै खवरदारी सभासमेत गरेको थियो । त्यस्तै पार्टी मुख्यालयमा धर्नासमेत दिएको थियो ।

बिहीबार बिहान बडादशैंको शुभकामना आदानप्रदान गर्ने क्रममा शेखर पक्षले नयाँ रणनीतिसमेत बनाइरहेको बताएको छ ।

तर सभापति शेखबहादुर देउवा माग सम्बोधनका लागि लचक रहेको बताएसँगै सहमति नजिक पुगेको बताइन्छ ।

यदि सहमति बन्न नसकेमा स्थिति गम्भीर हुनेतर्फ पनि सचेत गराइएको छ । यदि कांग्रेसभित्र सहमति बन्न सकेन भने यसले सत्ताधारी गठबन्धनलाई समेत असर पार्नेतर्फ अन्य दलहरु पनि सचेत रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय