BREAKING
तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न पाँच जना पक्राउ | मन्त्री जेएन थपलियाले भने: बागमती प्रदेश सभा बैठकमा बोलेर हामी सरकारबाट बाहिरिन्छौं | वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री दाहाल | दुई हजारले घट्यो सुनको मूल्य | चितवन उपनिर्वाचनअघि राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने नजानेमा अन्योलमा | प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा पक्राउ | यस वर्ष आँपको उत्पादन बढ्ने | राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? | वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु | दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु |

१२ मंसिर । नेपालमा शुक्रबार थप १ हजार ७०३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप थप १ हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै संक्रमितको संख्या २ लाख २९ हजार ३४३ पुगेको छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या १७ हजार २३७ रहेको छ ।

यसैगरी शुक्रबार थप १२ सय ३६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । मन्त्रालयका अनुसार यससँगै कोरोनामुक्त हुनेको संख्या दुई लाख ९ हजार ४३५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४ सय ३५ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय