नेपाल दलित महिला उत्थान संघ (एड्वान) को २३औँ वार्षिक साधारण सभा तथा अधिवेशन आज चितवन सौराहामा सम्पन्न भएको छ । अधिवेशनले बिन्दु परियार थापा को अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसहमत चयन भएका छन् l २३औँ साधारण सभाले सापकोटको अधयक्षतामा तिर्थ विक उपाध्यक्षमा,पम्फा थापा परियार महासचिव,पम्फा नेपाली सचिव तथा कोषाध्यक्षमा सपना सुनार लाई सर्वसहमत चयन गरेको हो । यस्तै सदस्यहरुमा राममाया विक र सपना परियार रहेका छन् ।

संघका अध्यक्ष पम्फा परियारज्यूको अध्यक्षतामा एवं नीति अनुगमन समितिको सभापति तथा एकिकृत समाजवादी पोलिटब्युरो सदस्य तथा एड्वान सल्लाहकार निरु जैरुज्यूको प्रमुख आतिथ्यता र सस्थापक अध्यक्ष तथा सरक्षक डा.विष्णु माया परियारज्यूको विशिष्ट आतिथ्यतामा उक्त साधारण सभा अधिवेशनको समुद्घाटन समारोह सम्पन्न भएको थियो । २३औँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै प्रमुख आतिथि निरु जैरुज्यूले नेपाल दलित महिलाको लागि एड्वान सस्था गर्व को कुरा रहेको बताउनु भएको थियो ।

दलित महिला र पुरुष बिच पनि पनि बाराबार भएको हुदा यो कुराको पनि अन्त्य गर्नु पर्नेमा जोड दिनु भएको थियो । त्यस्तै विशिष्ठय अतिथि डा.विष्णु माया परियारज्यूले अहिले को महिला समुहलाई देख्दा बुवा र आफ्नो सपना पुरा भएको महसुस भएको बताउनु भयो l साथै आफुले सस्था स्थापना गर्दाको दुख र समस्याको बारेमा पनि बताउनु भएको थियो l कार्यक्रममा रत्ननगर नगरपालिका कार्यपालिका सदस्य राजेन्द्र हमाल एड्वान सल्लाहाकार राम नेपाली , महिला समूह बाट सिता सुनार , स्पोन्सरशिप बिधार्थी सुनिता परियार लगाएतए आफ्नो मन्तव्य राखेका थिए ।संघका सचिव तिर्थ विकले स्वागत मन्तव्य राख्नु भएको थियो l नेपाल दलित महिला उत्थान संघ (एड्वान)ले नेपालका विभिन्न क्षेत्रमा छरिएर रहेका दलित तथा गैर दलित महिलाहरुलाई सामुहिक रुपमा एकिकृत गराउदै आएको छ l साथै मौसमी तथा बेमौसमी तरकारी खेति , उधमशिलता क्षमता विकास,लौगिक समानताका कार्यक्रम , नया महिला समूह गठन , सिलाई कटाई तालिमहरु प्रदान गर्दै आएको छ l

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय