चितवनमा प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा का एक जना कार्यकर्ता पक्राउ परेका छन् ।
विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले पूर्वी चितवनको रत्ननगर नगरपलिका वडा नं। ११ बस्ने प्रकाशचन्द्र ढकाललाई भरतपुर महानगरपालिका वडा नं। ६ बुद्धचोकबाट पक्राउ गरिएको हो । शंकास्पद अवस्थामा फेला पारी हंसिया हथौडा अंकित झण्डा थान ३, सातौ पार्टी पुनर्गठन दिवश भव्य रुपमा सफल पारौँ लेखिएको ब्यानर, रसिद ठेली, पम्पलेट, केही किताव तथा दस्ताबेज सहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता ९प्रहरी नायव उपरिक्षक० सुर्य बहादुर थापाले जानकारी दिनुभयो ।
पक्राउ परेका ढकाललाई म्याद थप अनुमति लिई अनुसन्धान भईरहेको प्रवक्ता थापाले बताउनुभयो ।