BREAKING
बलात्कार आरोपी सन्दीपलाई धरौटीमा छाड्ने आदेशको कागजात झिकाउन सर्वोच्चको आदेश | शेयर बजारको ओरालो यात्रा अझै जारी रहने आङ्कलन | सञ्चारमाध्यमलाई उद्योगको मान्यता दिन प्रधानमन्त्रीसमक्ष आग्रह | निर्णय गर्न बाँकी छ, रास्वपाले धैर्य गर्नुपर्छ : महरा | रास्वपा तत्काल सरकारबाट नबाहिरिने | दिर्घरोगीलाई मासिक ५ हजार दिने सरकारको निर्णय अझै भएन कार्यान्वयन | ‘रास्वपालाई गृहमन्त्री दिन पूर्णपाठ चाहिँदैन' | नारायणीको बहाव कम भएपछि निकुञ्जको सुरक्षामा चुनौती | प्रचण्ड र ओली छुट्टाछुट्टै लागे सत्ता समीकरणको खेलमा, रविलाई च्याप्ने र फाल्ने अभियानको थालनी | काँग्रेस छिट्टै सरकारमा पुग्छ: प्रवक्ता डा महत |

मुम्बई । सामाजिक सन्जालमा अभिनेता अभिषेक बच्चनका केही तस्बिर निकै भाइरल भइरहेका छन् । कोलकातामा चलचित्र छायांकन गरिरहेका उनको छायांकनस्थलकै केही तस्बिर बाहिरिएसँगै अभिषेकको चर्चा हुन थालेको हो ।

तस्बिर अभिषेक बच्चनकै भए पनि उनलाई चिन्‍न दर्शकलाई हम्मे परेको छ । किनभने तस्बिरमा अभिषेक फरक अवतारमा देखिएका छन् । यो तस्बिर चलचित्र ‘बोब विश्वास’ को छायांकन स्थालबाट बाहिरिएको हो । जसमा उनी विद्याको चलचित्र ‘कहनी’ का सिरियल किलर बोब विश्वासको भूमिकामा छन् ।

थ्रिलर चलचित्र ‘बोब विश्वास’को छायांकन ९ डिसेम्बरसम्म चल्नेछ । दिया अन्नपूर्णा घोषको निर्देशनमा बनिरहेको यस चलचित्र शाहरुखको रेड चिलिज ब्यानरबाट निर्माण भइरहेको छ । अभिषेक बच्चन, चित्रांगदा सिंह, अमर उपाध्याय, दीपराज राणा, गोपाल के. सिंह, टिना देसाईलगायत कलाकारहरुको प्रमुख भूमिका छ । अभिनेत्री विद्या बालनको केमियो रोल हुनेछ ।
– नवभारत टाइम्स

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय