BREAKING
बलात्कार आरोपी सन्दीपलाई धरौटीमा छाड्ने आदेशको कागजात झिकाउन सर्वोच्चको आदेश | शेयर बजारको ओरालो यात्रा अझै जारी रहने आङ्कलन | सञ्चारमाध्यमलाई उद्योगको मान्यता दिन प्रधानमन्त्रीसमक्ष आग्रह | निर्णय गर्न बाँकी छ, रास्वपाले धैर्य गर्नुपर्छ : महरा | रास्वपा तत्काल सरकारबाट नबाहिरिने | दिर्घरोगीलाई मासिक ५ हजार दिने सरकारको निर्णय अझै भएन कार्यान्वयन | ‘रास्वपालाई गृहमन्त्री दिन पूर्णपाठ चाहिँदैन' | नारायणीको बहाव कम भएपछि निकुञ्जको सुरक्षामा चुनौती | प्रचण्ड र ओली छुट्टाछुट्टै लागे सत्ता समीकरणको खेलमा, रविलाई च्याप्ने र फाल्ने अभियानको थालनी | काँग्रेस छिट्टै सरकारमा पुग्छ: प्रवक्ता डा महत |

बैतडी, ९ मंसिर । जिल्लाको दशरथचन्द नगरपालिकामा जीप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । आज दिउँसो बड्डामा ना १ ज २१९६ नम्बरको जीप सडकबाट एक सय मिटर तल खस्दा उक्त घटना भएको हो ।

घटनामा चार जना घाइते भएको प्रहरीले जनाएको छ । घटनामा मृत्यु हुनेहरुको पहिचान भएको छ । दशरथचन्द नगरपालिकाको जर्गगाउँका भगिरथ पाण्डे, देहिमाडौंका कृष्ण लावड, बस्कोटकी पावर्त चन्द र अर्की पार्वती चन्द र सुनर्या गाउँपालिकाकी कलावती चन्द छन् ।

भारतीय बजार झलाघाटबाट पेन्सन बुझेर फर्किइरहेकाहरु दुर्घटनामा परेको बुझिएको छ । उनीहरु पेन्सन बुझ्दै आएका र अधिकांश ७० वर्ष माथिका छन् ।

घटनामा जीप चालक गोपाल कार्की फरार भएपछि खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय