वैशाख ६ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताउनुभएको छ ।

नेपाल विद्यार्थी सङ्घको स्थापना दिवसका अवसरमा मङ्गलबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताउनुभएको हो ।

प्रधानमन्त्रीले भन्नुभयो, ‘‘यो गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ । यो गठबन्धन नभए हाम्रो त्यस्तै हालत हुने हो । ओलीलाई हटाउनुपर्यो भनेको हो ।’’

उहाँले थप्दै भन्नुभयो, ‘‘यो संविधानअनुसार कुनै पनि एक्लै पार्टीको बहुमत आउने सम्भावना छैन । कसै न कसैसँग त गठबन्धन गर्नुपर्छ । गठबन्धन भन्दाखेरि ‘गिभ एण्ड टेक’ त हुन्छ ।’’

यसैगरी, उहाँले नेविसङ्घलाई सबै ठाउँमा बलियो बनाउनुपर्ने बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय