स्थानीय तह निर्वाचनमा महानगर र उपमहानगरको भागवण्डा मिलाउनका लागि सत्ता गठबन्धन दलका शीर्ष नेतासहितको बैठक सुरू भएको छ ।

स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको विहान ९ बजे बस्ने भनिएको बैठक  १० बजेपछि सुरू भएकाे हाे । बैठकमा सत्तारूढ दलका शीर्ष नेताहरू छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा ६ महानगर र ११ उपमहानगरपालिकाको भागबण्डाका विषयमा छलफल हुनेछ ।

आइतबारपनि गठबन्धन दलको बैठक बसेको थियो । दलहरुले आ–आफ्नो दाबी प्रस्तुत गरेपछि बैठक निष्कर्ष बिहिन बनेको थियो । वैशाख ११ र १२ गते मनोनयनका लागि समय तोकिएका कारण तत्काल भागवण्डा गरी उम्मेदवारको टुङ्गो लगाउनुपर्ने दबाबमा दलहरु छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय