काङ्ग्रेस नेता चढेको जिप शनिबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
काङ्ग्रेस बझाङका सभापति खडक बोहरा र उनका परिवारका सदस्य चढेको जिप राति १२ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर बझाङको सुर्माका विनोद बोहराको घटनास्थलमै मृत्यु भएको छ । जिपमा सवार अरु तीन जना घाइते भएका छन् ।
देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि घाइतेहरुलाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ । सुर्माबाट धनगढीतर्फ गइरहेको प्र ०१–००१ च ००९५ नम्बरको जिप वित्थडचिर गाउँपालिका – ४ देउलेख बजारनजिकै दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
जिपमा तीन जना महिला र छ जना पुरुष गरेर नौ जना सवार थिए । घटनास्थलको सञ्चार सम्पर्क कमजोर भएकाले घटनाको विस्तृत विवरण प्राप्त हुन सकिरहेको छैन ।