BREAKING
बलात्कार आरोपी सन्दीपलाई धरौटीमा छाड्ने आदेशको कागजात झिकाउन सर्वोच्चको आदेश | शेयर बजारको ओरालो यात्रा अझै जारी रहने आङ्कलन | सञ्चारमाध्यमलाई उद्योगको मान्यता दिन प्रधानमन्त्रीसमक्ष आग्रह | निर्णय गर्न बाँकी छ, रास्वपाले धैर्य गर्नुपर्छ : महरा | रास्वपा तत्काल सरकारबाट नबाहिरिने | दिर्घरोगीलाई मासिक ५ हजार दिने सरकारको निर्णय अझै भएन कार्यान्वयन | ‘रास्वपालाई गृहमन्त्री दिन पूर्णपाठ चाहिँदैन' | नारायणीको बहाव कम भएपछि निकुञ्जको सुरक्षामा चुनौती | प्रचण्ड र ओली छुट्टाछुट्टै लागे सत्ता समीकरणको खेलमा, रविलाई च्याप्ने र फाल्ने अभियानको थालनी | काँग्रेस छिट्टै सरकारमा पुग्छ: प्रवक्ता डा महत |

म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।

बुधबार राति भएको क्वार्टरफाइनलको दोस्रो लेगमा एट्लेटीको मड्रिडसँग गोलरहित बराबरी खेलेर समग्रमा १-० को जित निकाल्दै सिटी अन्तिम चारमा पुगेको हो ।

घरेलु मैदानमा भएको पहिलो लेगमा निकालेको १-० को जित नै सिटीलाई सेमिफाइनल पुग्न पर्याप्त रह्यो।

एट्लेटीकोको मैदानमा भएको दोस्रो लेगमा बुधबार राती दुबै टोलीले गोल गर्न सकेनन्। दुबै टोलीले पाएका केही राम्रा अवसर  खेर फाल्दा सिटीलाई सहज बन्यो।

घरेलु टोली एट्लेटिको अन्तिम समयतिर १० खेलाडीमा समेटिएको थियो।

खेलको इन्ज्युरी समयमा फिलिपेले दोहोरो पहेलो कार्ड पाउँदै मैदान बाहिरिएका थिए। यद्यपि सिटीले यसको फाइदा उठाउन सकेन।

अब सिटीले सेमिफाइनलमा रियल मड्रिडको सामना गर्नेछ।

एजेन्सी /गेटी इमेंज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय