चितवन – राष्ट्रिय महिला फुटबल टोलीका खेलाडीद्धय सावित्रा भण्डारी र पुनम जर्घा मगर सम्मानित भएका छन् ।
चितवन जिल्ला फुटबल संघले राष्ट्रिय टिमसँगै सशस्त्र प्रहरी बल (एपिएफ) एफसीकी फर्वार्ड सावित्रा र त्रिभुवन आर्मी फुटबल क्लबकी डिफेन्डर पुनमलाई नगद ५०-५० हजार रुपैयाँ र सम्मानपत्र सहित सम्मान गरेको हो ।
चितवनको भरतपुरमा जारी राष्ट्रिय महिला लिगको पहिलो चरणको समापन समारोहको अवसरमा आज (बुधवार) उनीहरुलाई सम्मान गरिएको हो । चोटका कारण लामो समय मैदान बाहिर रहेर पु:न खेल क्षेत्रमा फर्किन सफल साबित्रा भण्डारी र पुनम जर्घा मगर लाई हौसला प्रदान गर्दै सम्मान गरिएको संघका अध्यक्ष श्री कृष्ण कार्कीले बताए ।

गत भदौमा दशरथ रंगशालामा भएको बंगलादेशसँगको मैत्रीपूर्ण खेलको तयारीमा रहँदा पुनमको मुटुमा समस्या देखिएको थियो । मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले शल्यक्रियापछि खेल्न सक्दिनन् भन्ने सोचेर उनलाई १२ औँ खेलाडीको रुपमा मैदान पठाएका थिए । तर ८ महिनापछि पुनम मैदान फर्किएकी छन् । असोजमा मुटुको शल्यक्रिया गरेकी पुनमले महिला लिगबाट ८ महिनापछि कमब्याक गरेकी हुन् । उनले महिला लिगमा एपिएफविरुद्धको पहिलो खेलबाट कमब्याक गरेकी हुन् । यसै लिगमा उत्कृष्ठ खेल प्रदर्शन गर्नुको साथै पहिलो पटक कप्तानको भुमिकामा आफ्नो टोलीलाई सम्हालदै जीत समेत हात पारिन ,यस्तै गत वर्षको राष्ट्रिय महिला लिगमा नेपाल पुलिस क्लबसँगको खेलको क्रममा सम्बाको एन्टेरियर क्रुसिएट लिगामेन्ट (एसीएल) गएको थियो । त्यसपछि उनी १३ महिना मैदानबाट बाहिर रहिन् । कतारमा दायाँ घुँडाको शल्यक्रिया गरेर उनी सात महिनापछि स्वदेश फर्किईन् । १३ महिनापछि दोस्रो राष्ट्रिय महिला लिगमा उनले आर्मीविरुद्ध दोस्रो हाफमा मैदान प्रवेश गर्दै कमब्याक गरेकी थिईन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय