नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ गठबन्ध दल स्थानीय तहको निर्वाचन नगराउने षड्यन्त्रमा लागिरहेको आरोप लगाएका छन् । बुधबार विराटनगरमा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा ओलीले सरकारले चुनाव नगराउने षड्यन्त्र गरिरहेको आरोप लगाएका हुन् ।

‘अहिले पनि गठबन्धन सरकारले स्थानीय तहको निर्वाचन नगर्ने कोसिस गरिरहेको छ, स्थानीय तहहरूलाई जनप्रतिनिधिविहीन बनाउन खोज्दै छ,’ ओलीले भने, ‘स्थानीय तहको चुनाव नगराउने षड्यन्त्र भइरहेको छ । कुनै पनि हालतमा त्यस्तो षड्यन्त्रलाई हामी स्वीकार्न सक्दैनौँ ।’ चुनाव नगराउने वर्तमान सरकारको षड्यन्त्र अदालत, निर्वाचन आयोग र जनताले स्वीकार्न नहुने उनको सुझाव छ । यस्तै, ओलीले गठबन्धन सरकारले देशको अर्थतन्त्र झन् धरासायी बनाउँदै लगेको बताउँदै भने, ‘देश टाट पल्टिने अवस्थातर्फ जाँदै छ । देशको अर्थतन्त्र झन् धरासायी हुँदै छ । हाम्रै अगाडि श्रीलङ्काको उदाहरण छ, श्रीलङ्का निकै अफ्ठेरो अवस्थामा छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय