बलेफी हाइड्रोपावरको साधारण सेयर (आइपिओ) आज बाँडफाँड हुने भएको छ ।
बिहान ९ बजे लक्ष्मण बाबु भवन, नक्सालमा आइपिओको बाँडफाँड हुन लागेको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ । प्री–अलोटमेन्ट भने शुक्रबार सम्पन्न भइसकेको थियो ।
आइपिओमा मागभन्दा १५ दशमल ७६ गुणा बढी आवेदन परेको छ। कुल २२ लाख ६९ हजार ४१६ जनाले २ करोड ६२ लाख २२ हजार ९७० कित्ताका लागि आवेदन दिएका छन्।
जसमा एक लाख ६६ हजार ३४५ जनाले मात्र १० कित्ताको दरले सेयर हात पार्नेछन्। बाँकी २१ लाख ३ हजार ६८ जनाको भने हात खाली हुनेबाँडफाँड देखिएको छ ।