अमेरिकाबाट भित्रिएको अवैध रकम छाड्न दबाब दिएको भन्दै अर्थमन्त्री जनार्दन शर्मामाथि कारबारी हुनुपर्ने आवाज उठ्न थालेको छ ।

पूर्वअर्थमन्त्री प्रकाशचन्द्र लोहनीले अवैध रकम छाड्न दबाब दिएका कारण छानबिनको दायरामा ल्याउँदै शर्मालाई कारबाही हुनुपर्ने बताए । अमेरिकाबाट आएको अवैध रकम छोड्न दबाब दिने अर्थमन्त्रीमाथि छानबिन हुनुपर्ने र उनीसँग बयान लिनुपर्ने लोहनीको भनाइ छ ।

‘अवैध र गैरकानुनी भनेर एउटा मित्रराष्ट्रले रोक्न अनुरोध गरिएको ४० करोड रकम बारे अनुसन्धान हुँदाहुँदै किन छोडिदिनु भनि देउवा सरकारका अर्थमन्त्रीले निर्णय गरे ? यसबारे अविलम्ब छानबिन हुनु पर्छ र अर्थमन्त्रीसँग बयान लिनुपर्छ’, लोहनीले भने ।

सत्तामा बस्नेहरुको अराजकता र भ्रष्टाचार प्रवृत्तिको कारण आज  मुलुक श्रीलङ्काको हालतमा पुग्न लागेको उनको भनाइ छ । सामाजिक सञ्जालमार्फत उनले मुलुकलाई सङ्कटमा फस्नबाट जोगाउन अर्थमन्त्रीसँग बयान लिन आयोग गठन गरिनुपर्ने उल्लेख गरेका हुन् ।

संसदका समितिहरुले पनि यस बारेमा सक्रिय भएर काम गर्नुपर्ने लोहनीको सुझाव छ । अमेरिकाबाट आएको शङ्कास्पद रकम छाड्न दबाब दिएको खुलासा भएपछि अर्थमन्त्री अहिले विवादमा तानिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय