BREAKING
बलात्कार आरोपी सन्दीपलाई धरौटीमा छाड्ने आदेशको कागजात झिकाउन सर्वोच्चको आदेश | शेयर बजारको ओरालो यात्रा अझै जारी रहने आङ्कलन | सञ्चारमाध्यमलाई उद्योगको मान्यता दिन प्रधानमन्त्रीसमक्ष आग्रह | निर्णय गर्न बाँकी छ, रास्वपाले धैर्य गर्नुपर्छ : महरा | रास्वपा तत्काल सरकारबाट नबाहिरिने | दिर्घरोगीलाई मासिक ५ हजार दिने सरकारको निर्णय अझै भएन कार्यान्वयन | ‘रास्वपालाई गृहमन्त्री दिन पूर्णपाठ चाहिँदैन' | नारायणीको बहाव कम भएपछि निकुञ्जको सुरक्षामा चुनौती | प्रचण्ड र ओली छुट्टाछुट्टै लागे सत्ता समीकरणको खेलमा, रविलाई च्याप्ने र फाल्ने अभियानको थालनी | काँग्रेस छिट्टै सरकारमा पुग्छ: प्रवक्ता डा महत |

काठमाडौँ, असोज १९ गते । वैदेशिक रोजगार कार्यालय ताहाचलबाट दिने श्रम स्वीकृति सोमबारदेखि पुनः सुचारु हुने भएको छ । फ्रन्ट डेक्समै काम गर्ने एक जना कर्मचारीमा कोरोना पोजेटिभ पुष्टि भएपछि असोज १४ गते बुधबारदेखि बन्द भएको सेवा पुनः सञ्चालन हुने कार्यालयले जनाएको हो ।
तत्कालै गन्तव्य देशमा पुग्न नसके रोजगारी गुम्नसक्ने जस्तो अवस्था भएका सेवाग्राहीको समस्यालाई ध्यानमा राखी पुनः सेवा सञ्चालन गर्न लागिएको सो कार्यालयका सूचना अधिकार छत्रबहादुर साहले जानकारी दिनुभयो । उहाँले सेवाग्राहीले भौतिक दूरीका साथै स्वास्थ्यसम्बन्धी अरू मापदण्ड पालना गर्न आग्रह गरिने पनि जानकारी दिनुभयो ।
उहाँका अनुसार यस्तै गोलो घेरो लगाएको ठाउँमा उभिएर मात्र सेवा लिन र सेवा लिनुभन्दा पहिले साबुन पानीले हात धुन अनिवार्य गरिएको छ । सूचना अधिकारी साहले पछिल्लो समयमा दैनिक ३००÷३५० जनालाई सेवा दिँदै आएको सो कार्यालयले भिसाको म्याद सकिन लागेकालाई लक्षित गरेर बढीमा सय जनालाई मात्रै सेवा दिने गरी तयारी गरेको बताउनुभयो ।

बोर्डका अधिकांश सेवा बन्द
वैदेशिक रोजगार बोर्डका एक कर्मचारी कोरोना सङ्क्रमित भएपछि आर्थिक सहायता रकम दिनेलगायतका सेवा तत्कालका लागि बन्द गरेको छ । बोर्डले आइतबार सूचना सार्वजनिक गर्दै सबै कर्मचारीको परीक्षण गर्नुपर्ने र रिपोर्ट नआउँदासम्मका लागि उक्त सेवा बन्द गरिएको जनाएको छ ।
बोर्डको सचिवालयबाट हुने अत्यावश्यक सेवाअन्तर्गत गरिने शव ढुवानी कार्य सुचारु रहने पनि जानकारी गराएको छ । साथै सूचनामा बोर्डबाट प्राप्त हुने आर्थिक सहायताका लागि सम्बन्धित व्यक्तिले आवश्यक कागजातसहित स्थानीय तहमा निवेदन दिन र उक्त निवेदन रुजु गरी सम्बन्धित व्यक्तिको बैङ्क खातामा पठाउन सकिने पनि जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय