BREAKING
तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न पाँच जना पक्राउ | मन्त्री जेएन थपलियाले भने: बागमती प्रदेश सभा बैठकमा बोलेर हामी सरकारबाट बाहिरिन्छौं | वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री दाहाल | दुई हजारले घट्यो सुनको मूल्य | चितवन उपनिर्वाचनअघि राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने नजानेमा अन्योलमा | प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा पक्राउ | यस वर्ष आँपको उत्पादन बढ्ने | राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? | वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु | दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु |

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा शनिबार बेलुका बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेको विषयले तरंग ल्याएको छ । नेकपाभित्र विवाद बढिरहँदा देउवालाई ओलीले सत्ता समिकरणको प्रस्ताव राख्न बालुवाटार बोलाएको खबरले तरंग आएको हो ।

भेटबारे खबर चुहिएपछि काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिपक्षमै रहने स्पष्ट पारे । उनले काँग्रेस सरकारमा सहभागी नहुने स्पष्ट पारे । तर, काँग्रेसभित्रको देउवा इतर समूहले यसलाई गम्भीरताका साथ लिएको छ । उक्त समूहका नेताहरुले सरकारमा नजान देउवालाई सचेत गराएका छन् ।

काँग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सत्तामा जाने हतार गर्नु पार्टीका लागि आत्महत्या हुने तर्क गरेका छन् । उनले नेकपा टुट्नु, फुट्नु वा जुट्नुलाई उनीहरुकै समस्या भन्दै सरकारको चर्को आलोचना गरे ।

काँग्रेसका प्रभावशाली नेता प्रदीप पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग सम्झौता नगर्न पार्टी सभापति शेरबहादुर देउवालाई सचेत गराएका छन् । उनले ओली सरकारलाई इतिहासकै असफल भन्दै कुनै सम्झौता नगर्न आग्रह गरेका हुन् । पौडेलले काँग्रेस पाँच वर्ष प्रतिपक्षमै रहने बताए ।

काँग्रेसभित्र देउवाले ओलीलाई साथ दिएर सत्ता संकट टार्न लागेको विषयबारे छलफल हुन थालेको छ । यस्तो अवस्थामा ओली र देउवाको सामिप्यताबारे समेत काँग्रेसको संस्थापन पक्ष विरोधी गम्भीर भई प्रश्न उठाउन थालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय