‘अहिले गठबन्धनको कुरा उठेको छ । हाम्रो पार्टीले गठबन्धनलाई सँगै लाने निर्णय गरेको छ । यसमा कुनै दुई मत छैन’, देउवाको भनाइ छ । उनले काँग्रेस गठबन्धनको विपक्षमा कुनै हालतमा जान नसक्ने पनि बताएका छन । ‘हाम्रो पार्टी कुनै पनि हालतमा गठबन्धनको विपक्षमा छैन’, देउवाले गठबन्धन अझ एकतावद्ध बनाएर लैजान प्रतिवद्ध रहेको दावी गरेका छन ।
‘हामी अझ बढी एकतावद्ध भएर अघि बढ्छौ’, देउवाले भने, ‘अप्ठेराहरुलाई फुकाउने र मिलाउने काम प्रधानमन्त्रीको हो, अप्ठेरासँग भाग्ने त होइन नि !’, देउवाको भनाइ छ ।