BREAKING
प्रतिनिधिसभाको बैठक अवरोध गर्ने एमालेको संकेत | नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपतिले संविधानको संरक्षण गर्नुभएको छ: कांग्रेस | विपन्न नागरिकको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने चेतावनी | नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै | नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै | सिटीले जित्यो फए कपको उपाधि | भारतमा रेल दुर्घटना: मृत्यु हुनेको संख्या २३० नाघ्यो | रत्ननगरमा कविता गोष्ठी तथा सम्प्रेषण निबन्ध विशेषाङ्क विमोचन | प्रधानमन्त्री दाहाल इन्दौरमा, मुख्यमन्त्री चौहानले गरे स्वागत | ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री दाहाल |

काठमाडौं । अधिकार नपाएको, सबै अधिकार सिंहदरबारमा मात्र केन्द्रित भएको, संघीयता नाम मात्र भएको गुनासो प्रायः जनप्रतिनिधिहरूको हुने गर्छ। अधिकार नपाएको गुनासो गर्ने जनप्रतिनिधिहरू एक लाखसम्मको योजना माग्दै सिंहदरबार धाउने गरेका छन्।

अहिले विकासे मन्त्रालयहरूमा जनप्रतिनिधिहरूको भिड नै लाग्ने गरेको छ। जनप्रतिनिधि सिंहदरबार आउनुको मुख्य उद्देश्य योजना माग्नु हो। ‘राष्ट्रिय तहका ठुल्ठुला योजना माग्नु स्वाभाविक हो तर निकै साना योजना माग्दै मन्त्रालयमा उहाँहरू (जनप्रतिनिधिहरू) आउनुहुन्छ,’ भौतिक पूर्वाधार मन्त्रालयका सहसचिव तुलसी गौतमले भने।

मन्त्रालयका अनुसार चालु आर्थिक वर्षमा थप बजेट माग्न र आगामी आर्थिक वर्ष २०७९/८० मा योजना पार्न जनप्रतिनिधिहरूको भिड मन्त्रालयमा हुने गरेको छ। मन्त्रालयका अनुसार ५/१० लाख रूपैयाँसम्मका योजनाका लागि समेत मन्त्रालयमा भिड लाग्ने गर्छ।

यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय