BREAKING
प्रधानमन्त्री दाहाल इन्दौरमा, मुख्यमन्त्री चौहानले गरे स्वागत | ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री दाहाल | संसद् भवन निर्माणको म्याद अब सरकारले थप्न सक्दैन : मन्त्री गुरुङ | सांसद विकास कोष खारेजीका लागि रास्वपाले गरायो संसद्‍मा संकल्प प्रस्ताव दर्ता | महानगरभित्रका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा | प्रचण्ड र मोदीले गरे भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्मको रेलवे सेवाको उद्घाटन | प्रधानमन्त्री प्रचण्डलाई ईश्वर पोखरेलको चेतावनी : देशको हित विपरित सम्झौता गरे एमाले चुप लागेर बस्दैन | दिल्लीमा प्रचण्ड–मोदी भेटवार्ता | प्रधानमन्त्री दाहालले आज महत्वपूर्ण द्विपक्षीय भेटवार्ता गर्नुहुँदै | सङ्घीयता कार्यान्वयनमा इमान्दार बनौँ– मुख्यमन्त्री पाण्डे |

काठमाडौं । सरकारले निर्वाचन प्रभावित पार्ने निर्णय गरिरहेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले आपत्ति जनाएको छ ।

साथै मतपत्रमा निर्वाचन चिन्हको रंग हरियो बनाउने र मनोनयन दर्ताका लागि दुई दिन दिने निर्णय सच्याउन पनि माग गरेको छ ।

आइतबार बसेको एमाले स्थायी कमिटी बैठकले सरकारमाथि कर्मचारी र प्रहरी प्रशासनमा अन्धाधुन्ध सरुवा बढुवा गरेको तथा मतदाता प्रभावित गर्ने उद्देश्यले कानुन र नियमावलीसमेत परिर्वतन गरेको आरोप लगाएको छ ।

निर्वाचनलाई प्रभावित पार्ने विभिन्न निर्णय गरिएकोमा आपत्ति रहेको एमालेको भनाइ छ । वैशाख ३० गतेका लागि निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा दलहरुसँग परामर्श नगरी मतपत्रमा उल्लेख गरिने निर्वाचन चिन्हको रंग परिर्वतन र मनोनयनका लागि दुई दिनको समय दिने निर्णय गर्नु अनुचित भएको उसको ठहर छ ।

बैठकलाई संबोधन गर्दै अध्यक्ष ओलीले निर्वाचन आयोगले सत्ता गठबन्धनसँग साँठगाँठमा काम गरिरहेको आरोप लगाउनुभयो । उहाँले सत्तापक्षीय दललाई फाइदा पुग्ने गरी आयोगले काम गरिरहेको बताउनुभयो ।

विगतमा पनि आफुहरु निर्वाचन आयोगबाट पीडित बनेको भन्दै अध्यक्ष ओलीले आयोगको निर्णयको विरोध गर्नुपर्ने बताउनुभयो । साधनस्रोत नहुँदा उम्मेदवारी दर्ताका लागि १ दिनमात्रै समय दिने गरेको स्मरण गराउँदै उहाँले सत्ता गठबन्धनको द्वन्द्व मिलाउन आयोगले सेटिङयुक्त काम गरिरहेको आरोप लगाउनुभयो । आफूहरु निष्पक्ष, तटस्थ र स्वतन्त्र आयोग देख्न चाहेको भन्दै अध्यक्ष ओलीले बेठीक काम गरेर अगाडि बढिरहनु खेदजनक रहेको टिप्पणी गर्नुभभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय