BREAKING
बलात्कार आरोपी सन्दीपलाई धरौटीमा छाड्ने आदेशको कागजात झिकाउन सर्वोच्चको आदेश | शेयर बजारको ओरालो यात्रा अझै जारी रहने आङ्कलन | सञ्चारमाध्यमलाई उद्योगको मान्यता दिन प्रधानमन्त्रीसमक्ष आग्रह | निर्णय गर्न बाँकी छ, रास्वपाले धैर्य गर्नुपर्छ : महरा | रास्वपा तत्काल सरकारबाट नबाहिरिने | दिर्घरोगीलाई मासिक ५ हजार दिने सरकारको निर्णय अझै भएन कार्यान्वयन | ‘रास्वपालाई गृहमन्त्री दिन पूर्णपाठ चाहिँदैन' | नारायणीको बहाव कम भएपछि निकुञ्जको सुरक्षामा चुनौती | प्रचण्ड र ओली छुट्टाछुट्टै लागे सत्ता समीकरणको खेलमा, रविलाई च्याप्ने र फाल्ने अभियानको थालनी | काँग्रेस छिट्टै सरकारमा पुग्छ: प्रवक्ता डा महत |

काठमाण्डाै – बजारमा चिनीको भाउ अस्वभाविक बढेको उपभोक्ताले गुनासो गरेका छन् ।

केही दिन अघिसम्म किलोको ८० देखि ८५ रुपैयाँमा चिनी खरिद गर्ने गरेका उपभोक्ताले अहिले किलोको १ सय रुपैयाँसम्म तिर्नुपरेको गुनासो गरेका छन् । बजारमा चिनीको अभाव नहुँदा पनि व्यापारीले आफूखुसी चिनीको भाउ बढाउँदा उपभोक्ता समस्यामा परेका छन् ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले तत्काल बजार अनुगमन गर्ने बताउनुभएको छ । अहिले चिनीको मूल्य बढ्नु अस्वभाविक भएको उहाँको भनाइ छ । तराईमा उखु भित्र्याउने सिजन सुरु भइसकेकाले उत्पादन बढ्नासाथ चिनीको मूल्य घट्नुपर्ने उहाँले बताउनुभयो ।

चिनीको भाउ बढ्नुपर्ने कुनै कारण नहुँदा पनि व्यापारीले भाउ बढाएको भए तत्काल बजार अनुगमन गरेर कारबाही गर्ने सुवेदीले बताउनुभयो । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले उपभोक्ताको गुनासो सुन्न सार्वजनिक गरेको एप लकडाउनको समयमा बिग्रिएकाले पनि उपभोक्ताबाट धेरै गुनासो संकलन गर्न नपाएको उहाँको भनाइ छ ।

अहिले भने यो एप सञ्चालनमा आइसकेको छ । उपभोक्ताले आफ्नो मोबाइलबाटै गुनासो गर्ने गरी एपको प्रयोग गर्न सक्ने विभागले जनाएको छ । तर त्यसको लागि मोबाइलमा एप डाउनलोड गर्ने अथवा एसएमएस पनि गर्न सकिनेछ ।

गुनासोको आधारमा वास्तविकता बुझेर विभागले कारबाही गर्ने प्रकृया अगाडि बढाउने उहाँले बताउनुभयो । पछिल्लो समय विभागमा ११ सयभन्दा धेरै उपभोक्ताले ठगिएको उजुरी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय