BREAKING
प्रतिनिधिसभाको बैठक अवरोध गर्ने एमालेको संकेत | नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपतिले संविधानको संरक्षण गर्नुभएको छ: कांग्रेस | विपन्न नागरिकको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने चेतावनी | नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै | नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै | सिटीले जित्यो फए कपको उपाधि | भारतमा रेल दुर्घटना: मृत्यु हुनेको संख्या २३० नाघ्यो | रत्ननगरमा कविता गोष्ठी तथा सम्प्रेषण निबन्ध विशेषाङ्क विमोचन | प्रधानमन्त्री दाहाल इन्दौरमा, मुख्यमन्त्री चौहानले गरे स्वागत | ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री दाहाल |

काउले । नेपाल मगर विद्यार्थी संघ चितवनले इच्छाकामना गाउँपालिकाको वडा नं. २ काउलेका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । शनिबार काउलेस्थित जनप्रिय माध्यमिक विद्यालय पुगेर ९ जना छात्रासहित २३ जना विद्यार्थीलाई प्रतिविद्यार्थी दुई दर्जन कापी र एक पोका कलमसहित झोला वितरण गरिएको कार्यक्रम संयोजक निर्मल थापामगरले जानकारी दिए ।
नेपाल मगर विधार्थी संघलाई बिस्तार गर्न आफु विभिन्न स्कुल कलेज गईरहदा जेहेन्दार विधार्थी हरु आर्थिक अभाव का कारण पढ़ाई बाँट बन्चित भएको देखे पछि संघले २०७५ सालमा अक्षय कोष स्थापना गरेको हो । र आज सोही स्थापना गरेको अक्षयकोषबाट विद्यार्थीलाई सहयोग गरिएको उनले बताए ।

 

शिक्षा क्षेत्रबाट कोही पनि वञ्चित नहोस् भन्ने उद्देश्यले शैक्षिक क्षेत्रमा काम गर्दै आएको संयोजक मगरले बताए । देउसी भैलो खेलि संकलन गरिएको रक़म मा केहि सहयोग संकलन गरि कुल तीन लाख रूपैयाँको अक्षयकोष स्थापना गरिएको मा भावी दिनमा अझ फराकिलो बनाउने लक्ष्यका साथ प्रयास गरिरहेको उनले बताए । अक्षयकोष स्थापना गरेपछि पहिलो पटक कार्यक्रम गर्न सफल भएको उनको भनाइ छ ।


आफ्नो विद्यालयमा अध्ययनरत विद्यार्थीको शैक्षिक भविष्यप्रति चिन्तित बन्दै शैक्षिक सामग्री सहयोग गरेको भन्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर गुरूङले आयोजकप्रति धन्यवाद दिए । विद्यालयका प्रधानाध्यापक नेत्रबहादुर अधिकारीले हरेक सक्ने व्यक्ति या संस्था जोकसैले पनि नसक्नेलाई सहयोग गर्ने हो भने मानिसमा गरिबी भन्ने शब्द नै हटेर जाने बताए । शनिबार वितरण गरिएको शैक्षिक सामग्रीले विपन्न विद्यार्थीका अभिभावकलाई केही समयको लागि भए पनि राहत मिलेको उनको भनाइ छ ।

कार्यक्रममा नेपाल मगर विद्यार्थी संघका केन्द्रीय सदस्य गंगा मगर, बागमती प्रदेशका सञ्चार सचिव मिलन थापामगर, चितवनका सचिव सजन मगर, नेपाल मगर बिधार्थी संघ चितवनका पूर्वअध्यक्ष ईश्वर रानामगर, दिल राना मगर ,नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनका अध्यक्ष रमेश रानामगरलगायतको टोली सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय