BREAKING
प्रतिनिधिसभाको बैठक अवरोध गर्ने एमालेको संकेत | नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपतिले संविधानको संरक्षण गर्नुभएको छ: कांग्रेस | विपन्न नागरिकको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने चेतावनी | नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै | नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै | सिटीले जित्यो फए कपको उपाधि | भारतमा रेल दुर्घटना: मृत्यु हुनेको संख्या २३० नाघ्यो | रत्ननगरमा कविता गोष्ठी तथा सम्प्रेषण निबन्ध विशेषाङ्क विमोचन | प्रधानमन्त्री दाहाल इन्दौरमा, मुख्यमन्त्री चौहानले गरे स्वागत | ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री दाहाल |

नेपाली काङ्ग्रेसकी केन्द्रीय सदस्य डाक्टर आरजु राणा देउवाले आगामी निर्वाचनहरूमा काङ्ग्रेससहितका दलहरूबीच चुनावी गठबन्धन हुने बताएकी छिन् । उनले काङ्ग्रेसको लाइन नै चुनावी गठबन्धन भएको बताइन् ।

‘सबै मिलेर जाँदा नै मुलुकलाई फाइदा हुँदो रहेछ भन्ने हामीलाई पछिल्लो निर्वाचनको परिणामले पनि सिकाएको छ,’ नेपाल प्रेस युनियन, कैलालीद्वारा बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नेतृ देउवाले भनिन्, ‘स्थिर सरकार चलाउन होस्, अथवा एमसिसी पास गर्दा होस्, गठबन्धन आवश्यक छ भन्ने पुष्टि भइसकेको छ ।’

काङ्ग्रेसका शीर्ष नेतृत्व पङ्क्तिका कतिपय प्रभावशाली नेताहरूले चुनावी गठबन्धन आवश्यक नरहेको बताइरहेको सन्दर्भमा पत्रकारहरूको जिज्ञासामा उनले भनिन्, ‘आमजनतामा बहसका लागि नेताहरूले आआफ्नो धारणा राख्नसक्नुहुन्छ, तर अन्त्यमा सबै नेताहरू चुनावी गठबन्धनको पक्षमा आउनु हुने छ ।’

उनले स्थानीय आवश्यकताअनुसार नै चुनावी तालमेल हुने बताइन् ।

अहिले एमाले लगायतका दलहरूमा विभाजन आएको बेला काङ्ग्रेसले एक्लै चुनाव लड्न किन डराएको ? सञ्चारकर्मीको अर्को जिज्ञासामा उनले भनिन्, ‘अहिले पनि मुलुकको राजनीतिक अवस्था धमिलो छ । हामी मात्रै होइनौँ, अरू थुप्रै दल छन् । मिलेर जाँदा नै मुलुकलाई अगाडि बढाउन सकिन्छ भन्ने हाम्रो अनुभव हो ।’

एक अर्को प्रसङ्गमा नेतृ देउवाले आफू फेरि पनि कैलाली क्षेत्र नम्बर ५ बाटै प्रतिनिधिसभा सदस्यको निर्वाचन लड्ने बताइन् । ‘बर्दियाबाट निर्वाचन लड्ने भन्ने पाँच वर्षअघि नै छोडिसकेँ,’ उनले आफूलाई अहिले कोहलपुर, सर्लाहीलगायतका क्षेत्रबाट चुनाव लड्न साथीहरूले बोलाइरहेको भए पनि पार्टीले टिकट दिएमा कैलाली–५ बाटै लड्ने बताइन् ।

उनले पार्टीभित्र अहिले कुनै किसिमको समस्या नरहेको दाबी गरिन् । ‘पार्टीको आन्तरिक निर्वाचनमा गुटउपगुट हुनु स्वाभाविक हो,’ उनले भनिन्, ‘तर अधिवेशन सम्पन्न भइसकेपछि अब हामी सबै एकजुट भइसकेका छौँ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय