BREAKING
प्रधानमन्त्री दाहाल इन्दौरमा, मुख्यमन्त्री चौहानले गरे स्वागत | ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री दाहाल | संसद् भवन निर्माणको म्याद अब सरकारले थप्न सक्दैन : मन्त्री गुरुङ | सांसद विकास कोष खारेजीका लागि रास्वपाले गरायो संसद्‍मा संकल्प प्रस्ताव दर्ता | महानगरभित्रका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा | प्रचण्ड र मोदीले गरे भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्मको रेलवे सेवाको उद्घाटन | प्रधानमन्त्री प्रचण्डलाई ईश्वर पोखरेलको चेतावनी : देशको हित विपरित सम्झौता गरे एमाले चुप लागेर बस्दैन | दिल्लीमा प्रचण्ड–मोदी भेटवार्ता | प्रधानमन्त्री दाहालले आज महत्वपूर्ण द्विपक्षीय भेटवार्ता गर्नुहुँदै | सङ्घीयता कार्यान्वयनमा इमान्दार बनौँ– मुख्यमन्त्री पाण्डे |

रुसले युक्रेनमाथिको आक्रमण रोक्नका लागि केही शर्त अघि सारेको छ । पछिल्लो समय यो युद्ध रोक्न मध्यस्थता गरिरहेको टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दाेगानसँगको वार्तामा रुसी समकक्षी भ्लादिमिर पुटिनले शान्ति सम्झौताका लागि आफ्ना केही शर्त अघि सारेका छन् । बिबिसीका अनुसार बिहीबार भएको वार्तामा पुटिनले दुई विधामा शर्तहरू राखेको छन् ।

जसमध्ये पहिलो विधामा राखिएका चार मागहरू युक्रेनले सहजै पूरा गर्ने किसिमको छ भने दोस्रो विधाका केही माग युक्रेनले पूरा गर्ने सम्भावना कम छ । पुटिनले अघि सारेको मागमा एउटा मागमा युक्रेनले आफूलाई तटस्थ राख्नुपर्ने हुन्छ र अमेरिकी सैन्य गठबन्धन नेटोमा सामेल नहुने प्रतिबद्धता व्यक्त गर्नुपर्ने हुन्छ । यो माग युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसअघि नै स्वीकार गरिसकेका छन् ।

यो विधामा समावेश गरिएका अन्य मागहरू रुसको लाज बचाउने किसिमका मात्र छन् । टर्कीका राष्ट्रपति एर्दोगानका प्रवक्ता तथा सल्लाहकार इब्राहिम कलिनका अनुसार यो विधाका अन्य मागमा युक्रेनले निशस्त्रीकरण प्रक्रियालाई अघि बढाउनुपर्ने हुन्छ, जसबाट रुसलाई सुरक्षाको कुनै चिन्ता उत्पन्न हुने छैन । त्यस्तै पुटिनले युक्रेनमा रुसी भाषा बोल्ने मानिसको सुरक्षाको प्रत्याभूति हुनुपर्ने बताएका छन् ।

उनले ‘डि–नाजिफिकेसन’ (निजी विचारधाराबाट मुक्त हुनु) माग गरेका छन् । यो माग गने जेलेन्स्कीका लागि केही कठिन हुन सक्छ । उनी आफैं यहुदी हुन् र उनका केही आफन्तको मृत्यु होलोकास्टमा भएको थियो । यद्यपि टर्कीले भने जेलेन्स्कीको लागि यो शर्त पनि मान्न कठिन नरहेको उल्लेख गरेको छ ।

यस्तोमा युक्रेनले नवनाजिवाद विरोध गरेर उनीहरूमाथि कडाइ गर्ने प्रतिबद्धता जाहेर गर्नु रुसका लागि पर्याप्त हुनसक्ने बिबिसीले उल्लेख गरेको छ । दास्रो विधाको माग पूरा गर्न भने युक्रेनका लागि कठिन हुने छ । यद्यिि कलिनले दोस्रो विधाको मागमा डोनबास क्षेत्रसँग सम्बन्धित माग रहेको वा नरहेको भन्ने विषयमा बताएका छैनन् ।

पूर्वी युक्रेनको केही क्षेत्रमा रुसले यसअघि नै आफ्नो दाबी गर्दै आएको छ । साथै क्रिमियालाई पनि रुसले आफ्नो नियन्त्रणमा लिएको छ । युक्रेनले क्रिमिया औपचारिक रूपमा रुसको भूमि भएको स्वीकार गर्नुपर्ने शर्त पनि रुसको छ । रुसले सन् २०१४ मा युक्रेनको क्रिमियामा आफ्नो अधिकार जमाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय