नेपाली इन्जिनियरहरुको साझा सङ्गठन नेपाल इन्जिनियर्स एसोसिएसनको निर्वाचनमा काङ्ग्रेस निकट उम्मेदवारहरु निर्वाचित भएका छन ।
नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले हालै सप्पन्न नेपाल इन्जिनियर्स एसोसिएसनको निर्वाचनमा आएको परिणामलाई यो शानदार विजयी सुरूवात भनि टिप्पणी गरेका छन् ।सो निर्वाचनमा अध्यक्षमा हरी दर्लामी सहित प्यानल नै विजयी भएको छ। नेपाल एमाले निकट उम्मेदवारहरु पराजित भएपछि महामन्त्री शर्मा उत्साहित भएका हुन् ।
आगामी निर्वाचनहरुमा पनि सोही प्रकारको नतिजा आउने विश्वास व्यक्त गर्दै उनले भने , निर्वाचनमा काङ्ग्रेस निकट उम्मेदवार प्यानलै विजय हुनु भएको छ,यो सानदार विजयी सुरुवात हो।
इन्जिनियरहरुको सो छाता सङ्गठन काङ्ग्रेसको शुभेच्छुक संस्था हो। महामन्त्री शर्माले विजयी उम्मेदवारलाई बधाई दिँदै भने, अध्यक्षमा विजयी डाक्टर हरि दर्लामी लगायत सबै आदरणीय मित्रलाई धेरै धेरै बधाई , सफल कार्यकालको शुभकामना ।