BREAKING
प्रतिनिधिसभाको बैठक अवरोध गर्ने एमालेको संकेत | नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपतिले संविधानको संरक्षण गर्नुभएको छ: कांग्रेस | विपन्न नागरिकको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने चेतावनी | नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै | नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै | सिटीले जित्यो फए कपको उपाधि | भारतमा रेल दुर्घटना: मृत्यु हुनेको संख्या २३० नाघ्यो | रत्ननगरमा कविता गोष्ठी तथा सम्प्रेषण निबन्ध विशेषाङ्क विमोचन | प्रधानमन्त्री दाहाल इन्दौरमा, मुख्यमन्त्री चौहानले गरे स्वागत | ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री दाहाल |

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको शान्ति वार्ता सफलतातिर उन्मुख भएको बताउनुभएको छ । भिडियो सन्देशमा राष्ट्रपति जेलेन्स्कीले चलिरहेको वार्ता यथार्थपरक बन्दै गएको र सहमतीका लागि भने अझै केही समय चाहिने बताउनुभएको बीबीसीले जनाएको छ ।

फेसबुकमा पोस्ट गरेको भिडियो सम्बोधनमा उहाँले रुसमाथि विजय प्राप्त गर्नका लागि वार्ता टोलीसहित सबै युक्रेनी नागरिकको एकीकृत प्रयास चाहिने बताउनुभएको छ । रुसले वार्तामा युक्रेनले सार्वजनिक रुपमा नै सैन्य गठबन्धन नेटोमा सामेल नहुने घोषणा गर्नु पर्ने र डोनेट्स्क, लुहान्स्क र क्राइमियालाई औपचारिक रुपमा नै युक्रेनले आफूबाट छुट्टीएका प्रान्तका रुपमा स्वीकार गर्नु पर्ने माग गरेको छ ।

युक्रेनका राष्ट्रपति जेलेन्स्कीले हिजो आफ्नो देश अब नेटोमा सामेल नहुने बताउनुभएको थियो । यसैबीच युक्रेनका राष्ट्रपती जेलेन्स्कीलाई भेट्न तीनवटा छिमेकी देशका प्रधानमन्त्रीहरु सुरक्षा चुनौतीकै बीच राजधानी किभ पुगेका छन् । पोल्याण्ड, स्लोभेनिया र चेक गणतन्त्रका प्रधानमन्त्रीहरु किभ पुगेर जेलेन्स्कीसँग भेट गरेका बीबीसीले जनाएको छ ।

किभमा जारी कर्फ्युकै बीच पुगेका छिमेकी देशका प्रधानमन्त्रीहरुले आफ्नो साथ र समर्थन युक्रेनमा रहेको बताएका छन् । युरोपियन युनियनले प्रधानमन्त्रीहरुको यात्राका लागि गम्भीर सुरक्षा चुनौती रहेको चेतावनी दिएको थियो । तर उनीहरु जेलेन्स्कीलाई भेट्न युक्रेन पुगेका हुन् । विमानमा यात्रा गर्दा रुसको तर्फबाट जोखिम हुने भएकाले तीन देशका प्रधानमन्त्रीले जोखिम उठाएर रेल यात्रा गरेर किएभ पुगेका बीबीसीले जनाएको छ । युक्रेनले उनीहरुको साहसका लागि धन्यवाद दिएको छ । रुसले युक्रेनमाथि २१ दिनदेखि लगातार आक्रमण गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय