BREAKING
प्रधानमन्त्री दाहाल इन्दौरमा, मुख्यमन्त्री चौहानले गरे स्वागत | ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री दाहाल | संसद् भवन निर्माणको म्याद अब सरकारले थप्न सक्दैन : मन्त्री गुरुङ | सांसद विकास कोष खारेजीका लागि रास्वपाले गरायो संसद्‍मा संकल्प प्रस्ताव दर्ता | महानगरभित्रका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा | प्रचण्ड र मोदीले गरे भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्मको रेलवे सेवाको उद्घाटन | प्रधानमन्त्री प्रचण्डलाई ईश्वर पोखरेलको चेतावनी : देशको हित विपरित सम्झौता गरे एमाले चुप लागेर बस्दैन | दिल्लीमा प्रचण्ड–मोदी भेटवार्ता | प्रधानमन्त्री दाहालले आज महत्वपूर्ण द्विपक्षीय भेटवार्ता गर्नुहुँदै | सङ्घीयता कार्यान्वयनमा इमान्दार बनौँ– मुख्यमन्त्री पाण्डे |

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अघि बढाएको मध्यपहाडी लोकमार्ग तथा जिल्ला सदरमुकाम जोड्ने सूचना महामार्ग सम्बन्धी परियोजनाको प्रगति निराशाजनक रहेको छ । प्राधिकरणले ग्रामिण दूरसञ्चार विकास कोष परिचालन गरी यी परियोजना सञ्चालन गरिरहे पनि जिम्मेवारी पाएका कम्पनीहरूले समयमै काम नगर्दा अवस्था निराशाजनक बनेको हो ।

प्राधिकरणका अनुसार मध्यपहाडी लोकमार्ग तथा जिल्ला सदरमुकाम जोड्ने सूचना महामार्ग निर्माण गर्ने कार्यलाई तीनवटा प्याकेजमार्फत अगाडि बढाइएको छ । जसमा प्याकेज एक अन्तर्गत प्रदेश एक सहित मधेश प्रदेश र बागमती प्रदेश रहेका छन् । यो प्रदेशमा सूचना महामार्गको काम केही अघि बढे पनि अन्य प्रदेशमा भने काम अघि बढ्न सकेको छैन । प्राधिकरणले प्याकेज दुई अन्तर्गत गण्डकी र लुम्बिनी प्रदेशमा तथा प्याकेज तीन अन्तर्गत कर्णाली र सुदूरपश्चिममा सूचना महामार्गको काम अघि बढाएको छ ।

प्राधिकरणकै प्रगति प्रतिवेदन अनुसार मध्यपहाडी लोकमार्गमा सूचना महामार्ग अन्तर्गत अप्टिकल फाइबर बिच्छ्याउने काम प्रदेश एकसहित मधेश प्रदेश र बागमती प्रदेशमा ५३।२३ प्रतिशत पूरा भए पनि अन्य प्रदेशमा भने सुरु नै हुन सकेको छैन । प्राधिकरणले यसै महिना प्रकाशित गरेको उक्त प्रतिवेदनमा प्याकेज दुई र तीनको अप्टिकल फाइबर बिच्छ्याउने कार्यको प्रगति शून्य रहेको छ । प्याकेज एकमा अप्टिकल फाइबर बिच्छ्याउनु पर्ने दूरी २ हजार १ सय ७९ किलोमिटर रहेकोमा हालसम्म १ हजार १ सय ६० किमी पूरा भइसकेको छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय