BREAKING
प्रतिनिधिसभाको बैठक अवरोध गर्ने एमालेको संकेत | नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपतिले संविधानको संरक्षण गर्नुभएको छ: कांग्रेस | विपन्न नागरिकको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने चेतावनी | नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै | नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै | सिटीले जित्यो फए कपको उपाधि | भारतमा रेल दुर्घटना: मृत्यु हुनेको संख्या २३० नाघ्यो | रत्ननगरमा कविता गोष्ठी तथा सम्प्रेषण निबन्ध विशेषाङ्क विमोचन | प्रधानमन्त्री दाहाल इन्दौरमा, मुख्यमन्त्री चौहानले गरे स्वागत | ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री दाहाल |

फ्रान्सेली फरवार्ड करिम बेन्जेमाको सानदार ह्‍याट्रिकमा रियल मड्रिड युईएफए च्याम्पियन्स लिगको क्‍वाटर फाइनलमा प्रवेश गरेको छ ।

रियलले प्रि-क्‍वाटर फाइनलको दोस्रो लेगमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीलाई ३-१ गोलको फराकिलो जीत निकाल्दै अन्तिम आठमा आफ्नो स्थानमा पक्का बनाएको हो ।

पहिलो लेगमा रियल १-० ले पराजित भएको थियो । दोस्रो लेगमा सुरुवाती अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा पीएसजी अन्तिम सोह्रबाटै बाहिरिएको छ ।

खेलको ३९औं मिनेटमा नेमारको पासलाई सेन्टर फरवार्ड किलियन एम्बाप्पेले गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफको ६१औं मिनेटमा कप्तान करिम बेन्जेमाले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । खेलको ७६औं मिनेटमा बेन्जेमाले दोस्रो गोल गर्दै आफ्नो टोलीका लागि अग्रता दिलाएका थिए । त्यसको लगत्तै ७८औं मिनेटमा बेन्जेमाले अर्को गोलसहित ह्‍याट्रिक गरेपछि रियलको जीत निश्चित भएको थियो ।

मेस्सी, नेमार र एम्बाप्पेजस्ता खेलाडीहरुको बीचमा तालमेल राम्रो मिल्न नसक्दा पीएसजी च्याम्पियन्स लिगबाटै बाहिरिएको हो ।

आजै सम्पन्न अर्को खेलमा इङ्लिस क्लब म्यानचेष्टर सिटी पोर्चुगिज क्लब स्पोर्टिङ सिपीसँग गोलरहित बराबरीमा रोकिएको छ । दोस्रो लेग बराबरी खेलेपनि पहिलो लेगमा ५-० गोलले स्पोर्टिङ सिपीमाथि जीत निकालेको सिटीले अन्तिम आठमा आफ्नो स्थान पक्का बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय