BREAKING
प्रतिनिधिसभाको बैठक अवरोध गर्ने एमालेको संकेत | नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपतिले संविधानको संरक्षण गर्नुभएको छ: कांग्रेस | विपन्न नागरिकको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने चेतावनी | नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै | नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै | सिटीले जित्यो फए कपको उपाधि | भारतमा रेल दुर्घटना: मृत्यु हुनेको संख्या २३० नाघ्यो | रत्ननगरमा कविता गोष्ठी तथा सम्प्रेषण निबन्ध विशेषाङ्क विमोचन | प्रधानमन्त्री दाहाल इन्दौरमा, मुख्यमन्त्री चौहानले गरे स्वागत | ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री दाहाल |

काङ्ग्रेस महामन्त्री विश्वप्रकाश शर्माले काङ्ग्रेसबाट कहिल्यै राष्ट्रघात नहुने दाबी गरेका छन् । राष्ट्रियता पक्षमा उभिएर जनताका लागि काम गर्दै आएको काङ्ग्रेसले राष्ट्रघात गर्‍यो भनेर भ्रम फैलाउने काम भएको उनको आरोप थियो ।

भक्तपुरको मध्यपुरथिमि नगरपालिकामा बिहीबार काङ्ग्रेसको नगर सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री शर्माले काङ्ग्रेसले मात्रै सुरुदेखि नै एमसिसीका बारेमा प्रस्ट धारणा राखेको बताए ।

‘फेसबुकमा नो एमसिसी लेख्नेको दोष छैन, सडकमा एमसिसी मुर्दावाद भनेर कराउने युवाहरूको दोष छैन, जसले एमसिसी पास हुनेबित्तिकै अमेरिकी सेना आउँछ भनेर प्रचार गरे । जसले अनावश्यक भ्रम फैलाए, दोष उनीहरूको हो,’ शर्माको भनाइ थियो, ‘कमरेड प्रचण्ड र माधव नेपालहरूले पहिले राष्ट्रघाती भनेर भ्रम फैलाउनुभयो । अहिले उहाँहरू नै यसको पक्षमा हुनुहुन्छ ।’

उनले केपी ओली आफैँले मन्त्रिपरिषद्बाट निर्णय गराएर एमसिसी सम्झौता संसद्मा दर्ता गराएको स्मरण गराए । ‘त्यो दिन संसद्मा उहाँहरूले चार घन्टा नारा लगाउनुभयो,’ उनले भने, ‘तर एमसिसीका बारे एक शब्द बोल्नुभएन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय