नेकपा माओवादी केन्द्रले संसदीय दलको आकस्मिक बैठक बोलाएको छ । संसद बैठक बस्नुअघि माओवादीले संसदीय दलको बैठक बोलाएको हो ।
पाँचदलीय सत्ता गठबन्धनमा संसदबाट व्याख्यात्मक टिप्पणीसहित एमसिसी पास गर्ने निर्णयमा भएपछि माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । सत्ता गठबन्धनको पछिल्लो निर्णयप्रति माओवादीका कतिपय नेताको मतभेद देखिएको छ ।
‘पाँचदलीय गठबन्धनमा अध्यक्ष कमरेड प्रच्ण्डले व्याख्यात्मक घोषणासहित एमसिसी सम्झौता अनुमोदन गर्ने जानकारी गराउनुभएको छ,’ माओवादी नेता नारायणकाजी श्रेष्ठले भने, ‘यो निर्णयप्रति मेरो गम्भीर असहमति र आपत्ति रहेको छ ।
आज बिहानको पार्टीको छलफलमा आफूलगायत केही केहीे नेताहरूले मतभेद राखिसकेको उनले जानकारी दिए । ‘यो महाधिवेशनविरुद्ध छ र गलत छ,’ उनले भने ।