आर्सनल इङ्ग्लिस प्रिमियर लिगको शीर्ष पाँचमा उक्लिएको छ । बिहीबार राति वुल्भ्समाथि २–१ गोलको जित निकाल्दै आर्सनल पाँचौँ स्थानमा उक्लिएको हो ।
घरेलु मैदानमा आर्सनललाई जिताउन निकोलस पेपेले एक गोल गरे । आर्सनलले एउटा आत्मघाती गोल उपहारमा पाएको थियो । वुल्भ्सका जोसे सले खेलको अन्तिमतिर आफ्नै पोस्टमा गोल गरेका थिए । वुल्भ्सका लागि भने हवाङ हि–चनले एक गोल गरे ।
खेलको १०औँ मिनेटमा हि–चनले गोल गरेपछि वुल्भ्सले सुरुआती अग्रता बनाएको थियो । निर्धारित समय सकिन आठ मिनेट बाँकी हुन्जेल आर्सनलले अग्रता बनाएको थियो ।
तर ८२औँ मिनेटमा पेपेले गोल गर्दै आर्सनललाई बराबरीमा फर्काए । खेलको इन्ज्युरी समयमा जोसे सले आत्मघाती गोल गरेपछि आर्सनल २–१ गोलले विजयी भएको हो ।
जितसँगै पाँचौँ स्थानमा उक्लिएको आर्सनलले २४ खेलमा ४५ अङ्क जोडेको छ । वुल्भ्स भने ४० अङ्कका साथ सातौँ स्थानमा छ । उसले २५ खेल खेलेको छ ।