BREAKING
प्रतिनिधिसभाको बैठक अवरोध गर्ने एमालेको संकेत | नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपतिले संविधानको संरक्षण गर्नुभएको छ: कांग्रेस | विपन्न नागरिकको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने चेतावनी | नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै | नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै | सिटीले जित्यो फए कपको उपाधि | भारतमा रेल दुर्घटना: मृत्यु हुनेको संख्या २३० नाघ्यो | रत्ननगरमा कविता गोष्ठी तथा सम्प्रेषण निबन्ध विशेषाङ्क विमोचन | प्रधानमन्त्री दाहाल इन्दौरमा, मुख्यमन्त्री चौहानले गरे स्वागत | ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री दाहाल |

प्रदेश १ मा नामाकरणको विषयमा छलफल गरेर टुङ्गोमा पुग्नका लागि आज (मङ्गलबार) सर्वदलीय बैठक बोलाइएको छ ।

मुलुकका ७ वटा प्रदेशमध्ये ६ वटाले स्थायी राजधानी र नाम पाइसकेका छन् । राजधानी मात्रै तोक्न सकेको प्रदेश १ लामो समयदेखि नामकै पर्खाइमा छ ।

राजनैतिक स्वार्थ र दलीय अडानका कारण प्रदेशले नाम पाउन नसकिरहेका बेला यो विषयलाई निस्कर्षमा पुर्याउन प्रदेश सरकारले सर्वदलीय बैठक डाकेको हो । प्रदेश मन्त्रिपरिषद् बैठकले गत माघ १६ गते नामको विषय टुङ्गोमा पुर्याउनलाई समन्वय एवम् सहजीकरणको जिम्मेवारी मन्त्री जयराम यादवलाई दिएको थियो ।

हालका स्वास्थ्य एवम् तत्कालीन सामाजिक विकास मन्त्री यादव नेतृत्वको समन्वय एवम् सहजीकरण समितिले सर्वदलीय बैठक आह्वान गरेको हो । कोसी अनलाइनसँगको सम्पर्कमा उनले प्रदेशको नामका विषयमा टुङ्गोमा पुग्न बैठकमा छलफल भएर केही न केही निस्कर्ष निस्कन सक्ने अपेक्षा गरिएको बताए ।

प्रदेश १ ले अहिलेसम्म तीन जना मुख्यमन्त्री पाइसकेको छ । राजनैतिक उथलपुथल र दलीय स्वार्थका कारण तीन पटकसम्म मुख्यमन्त्री फेरिए पनि प्रदेश भने नामविहीन अवस्थामा छ । प्रदेशका पहिलो मुख्यमन्त्री शेरधन राई, दोस्रो भीमप्रसाद अचार्य र अहिलेका मुख्यमन्त्री राजेन्द्रकुमार राईसम्मले नामको विषयलाई प्राथमिकतामा राखिएको बताउँदै आएका छन् ।

तर अहिलेसम्म दलीय स्वार्थको मारमा परेको प्रदेशमा नामाकरणको विषय टुङ्गिन सकेको छैन । मन्त्री यादवले ५ दलीय गठबन्धनका तर्फबाट सर्वसम्मत प्रदेश १ को नाम टुङ्गो लगाउने सहमति भइसकेको बताए । उनले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)सहितको सर्वदलीय बैठक आज डाकिएको जानकारी दिए ।

यादवका अनुसार बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलको संसदीय दलका नेता, दलहरूका प्रदेश कमिटी अध्यक्ष÷सभापति, सरकारका सबै मन्त्रीहरू सहभागी हुने छन् । बैठक मध्यान्ह १२ः१५ बजेदेखि प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय