BREAKING
प्रतिनिधिसभाको बैठक अवरोध गर्ने एमालेको संकेत | नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपतिले संविधानको संरक्षण गर्नुभएको छ: कांग्रेस | विपन्न नागरिकको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने चेतावनी | नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै | नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै | सिटीले जित्यो फए कपको उपाधि | भारतमा रेल दुर्घटना: मृत्यु हुनेको संख्या २३० नाघ्यो | रत्ननगरमा कविता गोष्ठी तथा सम्प्रेषण निबन्ध विशेषाङ्क विमोचन | प्रधानमन्त्री दाहाल इन्दौरमा, मुख्यमन्त्री चौहानले गरे स्वागत | ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री दाहाल |

काठमाडौँ । राजदूत नियुक्तिसम्बन्धी निर्देशिकामा ‘राजदूतको पद रिक्त हुनुभन्दा सामान्यतया तीन महिनाअगाडि नियुक्ति प्रक्रिया सुरु गर्नुपर्ने’ उल्लेख छ तर सरकारले त्यसको कार्यान्वयन गरेको छैन । दक्षिण कोरियासहित २० मुलुकमा राजदूत रिक्त भएको तीन महिनादेखि तीन वर्षसम्म भइसक्दा पनि नियुक्तिको सुरसार छैन ।

धेरै नेपाली कामदार रहेको र नेपाललाई द्विपक्षीय सहयोग गर्ने महत्त्वपूर्ण देश दक्षिण कोरियामा सन् २०१९ जनवरीदेखि राजदूत खाली छ । उत्तरी छिमेकी चीनसहित २० मुलुकमा नेपालले राजदूत नियुक्त गरेर पठाउन सकेको छैन । कात्तिक ११ मा अमेरिका, भारत र बेलायतका लागि राजदूत सिफारिस गरिएकामा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य नियुक्त भइसकेका छन् ।

अमेरिकाका लागि प्रस्तावित राजदूत प्राध्यापक श्रीधर खत्री र भारतका लागि प्रस्तावित शंकर शर्मा सम्बन्धित मुलुकबाट एग्रिमो (सहमति)को पर्खाइमा छन् । परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी सम्झौतालाई टुंगो लगाएपछि मात्र राजदूत नियुक्त गर्ने पक्षमा छन् । राजदूत खाली भएको लामो समय भइसकेकाले अब केही दिन पर्खेर मात्र नियुक्त गर्ने तयारीमा देउवा रहेको ती अधिकारीले जानकारी दिए ।

डेनमार्कका लागि पूर्वराजदूत युवनाथ लम्सालले राजदूत नियुक्तिमा ढिलाइ नहुनुपर्ने बताए । ‘अरू देशले कार्यकाल सकिनुभन्दा ३ महिनाअघि राजदूत नियुक्ति गर्छन्, हाम्रोमा निर्देशिकामा भए पनि लागू भएको छैन,’ उनले भने, ‘समयमा राजदूत नियुक्त हुन नसक्दा सम्बन्धित मुलुकलाई इग्नोर गरेको जस्तो हुन्छ । यसले कूटनीतिक रूपमा सही सन्देश जाँदैन ।’

कान्तिपुर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय