BREAKING
प्रतिनिधिसभाको बैठक अवरोध गर्ने एमालेको संकेत | नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपतिले संविधानको संरक्षण गर्नुभएको छ: कांग्रेस | विपन्न नागरिकको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने चेतावनी | नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै | नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै | सिटीले जित्यो फए कपको उपाधि | भारतमा रेल दुर्घटना: मृत्यु हुनेको संख्या २३० नाघ्यो | रत्ननगरमा कविता गोष्ठी तथा सम्प्रेषण निबन्ध विशेषाङ्क विमोचन | प्रधानमन्त्री दाहाल इन्दौरमा, मुख्यमन्त्री चौहानले गरे स्वागत | ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री दाहाल |

नेपाली काङ्ग्रेसका नेता डाक्टर शशाङ्क कोइरालाले बुधबार बोलाइएको प्रतिनिधिसभाको बैठकमा एमसिसी पेस हुनसक्ने बताएका छन् ।

मङ्गलबार संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता कोइरालाले एमसिसी नेपालका लागि राम्रो भएकाले पारित गरिनुपर्ने पार्टीको धारणा रहेको बताए । एमसिसीको रूपरेखा नेपाल सरकारले नै बनाउने कुरा बैठकमा छलफल गरिएकोसमेत स्पष्ट पारे ।

त्यस्तै, पूर्वअर्थमन्त्री तथा नेपाली काङ्ग्रेसका नेता डाक्टर रामशरण महतले एमसिसी राष्ट्रिय हितमा रहेकाले कुनै पनि हालतमा पारित गर्नुपर्ने धारणा राखे । उनले एमसिसीबारेमा गलत आलोचना गरेर शक्तिशाली र सहयोगी राष्ट्रसँगको सम्बन्धमा दखल गर्न खोजिएको आरोपसमेत लगाए । नेता महतले एमसिसी पारित गरेमा राष्ट्रको आर्थिक वृद्धि हुने, रोजगारीका अवसरहरू बढ्ने र पूर्वाधारको विकास हुने पनि बताए ।

उनले एमसिसीबारे भ्रमपूर्ण प्रचार गरिएको भन्दै एमसिसी नेपालको कानुनअनुसार सम्झौता गरिएको जनाए ।
नेपाली काङ्ग्रेसकी नेत्री सुजाता कोइरालाले एमसिसी पास गर्न ढिलाइ गर्न नहुने धारणा राखिन् । उनले एमसिसीलाई सबै दलले अघि बढाएकाले सबै दलले मिलेरै पास गर्नुपर्ने बताइन् । उनले नेपालमा ठूला अनुदान भित्र्याउन नदिने षडयन्त्रकारी शक्ति रहेको भन्दै यसलाई हरेक पार्टीले समर्थन गरेर पास गर्नुपर्ने बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय