BREAKING
प्रधानमन्त्री दाहाल इन्दौरमा, मुख्यमन्त्री चौहानले गरे स्वागत | ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री दाहाल | संसद् भवन निर्माणको म्याद अब सरकारले थप्न सक्दैन : मन्त्री गुरुङ | सांसद विकास कोष खारेजीका लागि रास्वपाले गरायो संसद्‍मा संकल्प प्रस्ताव दर्ता | महानगरभित्रका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा | प्रचण्ड र मोदीले गरे भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्मको रेलवे सेवाको उद्घाटन | प्रधानमन्त्री प्रचण्डलाई ईश्वर पोखरेलको चेतावनी : देशको हित विपरित सम्झौता गरे एमाले चुप लागेर बस्दैन | दिल्लीमा प्रचण्ड–मोदी भेटवार्ता | प्रधानमन्त्री दाहालले आज महत्वपूर्ण द्विपक्षीय भेटवार्ता गर्नुहुँदै | सङ्घीयता कार्यान्वयनमा इमान्दार बनौँ– मुख्यमन्त्री पाण्डे |

काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेसहित नौ जनाविरुद्ध सर्वोच्च अदालतमा अवहेलना र मानहानिको मुद्दा दायर गरेका छन्।

सिइओ रेग्मीले दायर गरेको मुद्दामा सर्वोच्चले गत पुस १४ गते आफूलाई निलम्बन गर्ने बोर्ड सञ्चालक समितिको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको थियो। आदेशको अर्को फैसला नै नआएको अवस्थामा बोर्ड सञ्चालक समितिले छानबिनको नाममा प्रतिवेदन बुझाउनुका साथै स्पष्टीकरणसमेत सोध्ने काम गरेको भन्दै मंगलबार सर्वोच्चमा मुद्दा दायर गरेका हुन्।

बोर्डले सिइओ रेग्मीमाथि छानबिन गर्ने र सो अवधिका लागि निलम्बन गर्ने निर्णय गरेको थियो। रेग्मीलाई कारबाहीको प्रतिवेदनमाथि जवाफ दिन एक हप्ताको समय दिइएको छ।

न्यायाधीश दीपककुमार कार्कीको इजलासले निलम्बनको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिँदै कारणसहित दुवै पक्षलाई फागुन २ गते पुनः बोलाएको छ। तर यता बोर्डले आफूखुसी सर्वोच्चको आदेशविपरीत काम गरेको भन्दै मन्त्री आलेसहित सञ्चालक समितिका सदस्य र आमन्त्रित सदस्यलाई विपक्षी बनाएर मुद्दा दायर गरेका छन्।

नागरिक

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय