BREAKING
प्रतिनिधिसभाको बैठक अवरोध गर्ने एमालेको संकेत | नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपतिले संविधानको संरक्षण गर्नुभएको छ: कांग्रेस | विपन्न नागरिकको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने चेतावनी | नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै | नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै | सिटीले जित्यो फए कपको उपाधि | भारतमा रेल दुर्घटना: मृत्यु हुनेको संख्या २३० नाघ्यो | रत्ननगरमा कविता गोष्ठी तथा सम्प्रेषण निबन्ध विशेषाङ्क विमोचन | प्रधानमन्त्री दाहाल इन्दौरमा, मुख्यमन्त्री चौहानले गरे स्वागत | ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री दाहाल |

रुपन्देही- रुपन्देहीको बुटवलमा सवारी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने दुईजना गम्भिर घाइते भएका छ्न् ।

आज बिहान बुटवल उपमहानगरपालिका वडा नम्बर १२ स्थित तामनगर नजिक कोरियन कलेज अगाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको लुम्विनी प्रदेश ट्राफिक प्रहरी कार्यलय बुटवलले जनाएको छ ।

मृत्यु हुनेमा बुटवल १३ का २९ बर्षिय सविन चौधरी, बुटवल १३ कै २८ वर्षिया गोविन्द चौधरी र २७ बर्षका नविन श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

बुटवल १२ का अनिस जिसि र बुटवल १३ का भागिरथ चौधरी घाईते भएका छन् । उनिहरुको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

सडकमा रोकिरहेको ट्रकसँग लु ३ च ४४४२ नम्बरको कार ठोक्किएको हो । ट्रक चालक फरार रहेका छन् । घटना सम्बन्धि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय