BREAKING
प्रतिनिधिसभाको बैठक अवरोध गर्ने एमालेको संकेत | नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपतिले संविधानको संरक्षण गर्नुभएको छ: कांग्रेस | विपन्न नागरिकको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने चेतावनी | नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै | नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै | सिटीले जित्यो फए कपको उपाधि | भारतमा रेल दुर्घटना: मृत्यु हुनेको संख्या २३० नाघ्यो | रत्ननगरमा कविता गोष्ठी तथा सम्प्रेषण निबन्ध विशेषाङ्क विमोचन | प्रधानमन्त्री दाहाल इन्दौरमा, मुख्यमन्त्री चौहानले गरे स्वागत | ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री दाहाल |

बाँके, नेपालगंज उपमहानगरपालिका-७ गगनगंज बस्ने आदित्य श्रेष्ठलाई ३० ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ, तौल गर्ने तराजु र नगद १० हजार रुपैयाँ सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको घरमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय नेपालगंज र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त प्रहरी टोलीले उनको घर तलासी गर्दा उनको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । साथै उनकै कोठामा बसिरहेका सुर्खेत वीरेन्द्रनगर नगरपालिका-६ बस्ने ३८ वर्षीय गणेश भण्डारी र नेपालगंज उपमहानगरपालिका-७ गगनगंज बस्ने २६ वर्षीय अंकित श्रेष्ठको साथबाट नगद १ लाख ३४ हजार रुपैयाँ फेला पारी प्रहरीले पक्राउ गरेको छ ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-३ तिनताप्के बस्ने ३१ वर्षीय ईश्वर लामालाई करिब ४१ केजी ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको घरमा लागूऔषध गाँजा लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले तलासी गर्नेक्रममा घरभित्र लुकाई राखेको उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । दाङ, बबई गाउँपालिका-६ पञ्चकुले चोकबाट सोही ठाउँ बस्ने २७ वर्षीय संजिव बोहरा समेत ३ जनालाई करिब ३ सय ५० मिलीग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । उक्त चोकमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय