BREAKING
प्रतिनिधिसभाको बैठक अवरोध गर्ने एमालेको संकेत | नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपतिले संविधानको संरक्षण गर्नुभएको छ: कांग्रेस | विपन्न नागरिकको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने चेतावनी | नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै | नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै | सिटीले जित्यो फए कपको उपाधि | भारतमा रेल दुर्घटना: मृत्यु हुनेको संख्या २३० नाघ्यो | रत्ननगरमा कविता गोष्ठी तथा सम्प्रेषण निबन्ध विशेषाङ्क विमोचन | प्रधानमन्त्री दाहाल इन्दौरमा, मुख्यमन्त्री चौहानले गरे स्वागत | ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री दाहाल |

वाग्मती प्रदेश सरकारले तामाङ समुदायको पर्व सोनाम ल्होछार र चेपाङ समुदायको पर्व न्वागीमा सार्वजनिक बिदा दिने भएको छ ।

प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सोनाम ल्होछार पर्वका अवसरमा माघ १९ गते (बुधबार) प्रदेशभर सार्वजनिक बिदा दिने घोषणा गरेको हो ।

बैठकले चेपाङ समुदायले भदौ २२ गते मनाउँदै आएको न्वागी पर्वमा पनि सार्वजनिक बिदा गर्ने निर्णय गरेको छ। यस्तै प्रदेश सरकारले प्रदेशका नागरिकलाई निःशुल्क रुपमा रगत उपलब्ध गराउने गरेको बताइएको छ ।

दुर्घटनामा परी वा आकस्मिक रुपमा उपचार गराउनुपर्ने बिरामीलाई आवश्यक पर्ने रगत निःशुल्क उपलब्ध हुने भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय