BREAKING
प्रतिनिधिसभाको बैठक अवरोध गर्ने एमालेको संकेत | नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपतिले संविधानको संरक्षण गर्नुभएको छ: कांग्रेस | विपन्न नागरिकको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने चेतावनी | नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै | नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै | सिटीले जित्यो फए कपको उपाधि | भारतमा रेल दुर्घटना: मृत्यु हुनेको संख्या २३० नाघ्यो | रत्ननगरमा कविता गोष्ठी तथा सम्प्रेषण निबन्ध विशेषाङ्क विमोचन | प्रधानमन्त्री दाहाल इन्दौरमा, मुख्यमन्त्री चौहानले गरे स्वागत | ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री दाहाल |

कोरोना महामारी बढेसँगै जिल्ला कारागार कार्यालय रामेछापले कैदीबन्दीसँग भेटघाटमा प्रतिबन्द लगाएको छ ।

कोरोना भाइरस सङ्क्रमणका हुनेहरुकाे सङ्ख्या बढेसँगै कारागार कार्यालय रामेछापमा विभिन्न मुद्दामा कैद भुक्तान गर्दै आएका कैदीबन्दीहरुका आफन्त र अन्य व्यक्तिहरुलाई तत्काल भेटघाट गर्न प्रतिबन्ध लगाइएको जिल्ला कारागार कार्यालय रामेछापका जेलर रामकृष्ण घिमिरेले जानकारी दिनुभयाे ।

उहाँले भन्नुभयाे -‘कोरोना महामारी बढेसँगै कारागार व्यवस्थापन विभागले परिपत्र गरेर कोरोना अवधिभर थुनुवा कैदी बन्दीसँग हुँदै आएको सबै भेटघाट कार्यक्रम स्थगित गर्न निर्देशन गरेअनुसार अहिले भेटघाट कार्यक्रम बन्द गरिएको हो।’

कोरोना सङ्क्रमण दर कम भएपछि कैदीबन्दीसँग आफन्तहरुको भेटघाट जारी राख्ने पनि जेलर घिमिरेले बताउनुभयाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय