BREAKING
प्रतिनिधिसभाको बैठक अवरोध गर्ने एमालेको संकेत | नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपतिले संविधानको संरक्षण गर्नुभएको छ: कांग्रेस | विपन्न नागरिकको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने चेतावनी | नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै | नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिटमा आज सुनुवाइ हुँदै | सिटीले जित्यो फए कपको उपाधि | भारतमा रेल दुर्घटना: मृत्यु हुनेको संख्या २३० नाघ्यो | रत्ननगरमा कविता गोष्ठी तथा सम्प्रेषण निबन्ध विशेषाङ्क विमोचन | प्रधानमन्त्री दाहाल इन्दौरमा, मुख्यमन्त्री चौहानले गरे स्वागत | ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री दाहाल |

वेस्ट इन्डिजसँगको चौथो टी–२० क्रिकेटमा इङ्ग्ल्यान्ड विजयी भएको छ ।

ब्रिजटाउनमा गएराति भएको खेलमा इङ्ग्ल्यान्डले वेस्ट इन्डिजलाई ३४ रनले हराएको हो ।

इङ्ग्ल्यान्डले जितका लागि दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५९ रन मात्रै बनाउन सक्यो । वेस्ट इन्डिजका लागि केली मेयर्सले ४० रन तथा जासन होल्डरले ३६ रन बनाए। इङ्ग्ल्यान्डका मोइन अलीले २ विकेट लिए ।

आदिल राशिद, रिस टोप्ले र लियाम लिभिङस्टोनले १/१ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको इङ्ग्ल्यान्डले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९३ रन बनाएको थियो । इङ्ग्ल्यान्डका लागि मोइन अलीले ६३ तथा जासन रोयले ५२ रनको अर्धशतकीय पारी खेले । वेस्ट इन्डिजका जासन होल्डरले ३ विकेट लिए ।

यो जितसँगै पाँच खेलको श्रृङ्खलामा दुई–दुईको बराबरी भएको छ । भोलि हुने अन्तिम तथा पाँचाैँ खेल निर्णायक हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय