अस्ट्रेलियाकी अस्लेइग बार्टीले अस्ट्रेलियन ओपन टेनिसको महिलातर्फको उपाधि जितेकी छन् ।
मेलबर्नमा शनिबार सम्पन्न फाइनलमा अमेरिकी टेनिस खेलाडी डेनियल कोलिन्सलाई हराउँदै विश्व नम्बर एक बार्टीले उपाधि जितेकी हुन् ।
बार्टीले कोलिन्सलाई ६–३ र ७–६( ७–२) को सेटमा पराजित गरिन् ।
अस्ट्रेलियन बार्टीले पहिलो पटक अस्ट्रेलियन ओपनको उपाधि जितेकी हुन् ।
बार्टी १९७८ पछि अस्ट्रेलियन ओपन जित्ने पहिलो अस्ट्रेलियन महिला खेलाडी बनेकी छन् ।